काठमाडौं । मलेसियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग पराजित भएको हो ।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा मलेसियाले दोस्रो हाफमा २ गोल गर्दै जित हासिल गरेको हो ।
मलेसियाका लागि सफावी र सहरुल सादले एक एक गोल गरेका थिए ।
यस खेलमा अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । रिजाल खेलको ६४औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमका लागि डेभ्यु गरेका हुन् ।
प्रशिक्षक योहान कालिनले जिम्मेवारी सम्हालेयता नेपालको यो तेस्रो खेल हो । कुवेतविरुद्ध यसअघि एक गोलरहित बराबरी र १-० को हार बेहोरेको नेपालले पछिल्ला तीन खेलमा कुनै गोल गर्न सकेको छैन ।
नेपालले अब आगामी बिहीबार अर्को मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइसँग खेल्दै छ ।