• २०८१ बैशाख १४ शुक्रबार

बैंकहरुले अब आफुखुसी एक्सटेन्सन काउन्टर खोल्न नपाउने

kharibot

काठमाडौं । बैक तथा फाईनान्स कम्पनीहरुले अवदेखि आफुखुसी एक्स्टेन्सन काउन्टर खोल्न नपाउने भएकाछन् ।

यसअघि बैंकहरुले आफ्नो इच्छाअनुसार एक्सटेन्सन काउन्टर खोल्ने गरेको राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दे एक्सटेन्सन काउन्टरको लागि पुर्वस्वीकृती अनिवार्य गरेको हो ।

बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गरी अनुमती लिएर मात्र एक्सटेन्सन काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

उक्त निर्देशन अनुसार एक्सटेन्सन काउन्टर खोल्न अनुमती माग गर्ने बैंक तथा फाईनान्सहरुमा निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिसत भन्दा तल हुनुपर्ने छ भने तोकिएको न्युुनतम पुंजीकोष समेत कायम गरेको हुनुपर्ने छ ।

काउन्टरको लागि तोकिएको व्याजदर अन्तर कायम गरेको हुनुपर्ने, चालु तथा अघिल्लो आर्थिक बर्षमा अनिवार्य नगद मौज्दात बाहेक राष्ट्र बैंकबाट अन्य कुनै पनि किसिमको कारवाहीमा नपरेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

उक्त प्रावधान अनुसार खोलिएको काउन्टरबाट निक्षेप खाता खोल्न सहजीकरण गर्ने, निक्षेप संकलन गर्ने र निक्षेप खाताबाट रकम भुक्तानी गर्ने कार्य मात्र गर्न सकिने परिपत्रमा उल्लेख छ । तर एक्सटेन्सन काउन्टबाट बिदेशी मुद्राको खरिद बिक्री सम्वन्धी कार्य गर्न चाहेमा राष्ट्र बैकबाट अनुमती लिनु पर्ने छ भने एक्सटेन्सन काउन्टरको हिसाव मिलानको लागि नजिकैको शाखा तोक्नु पर्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै