• २०८१ बैशाख ७ शुक्रबार

सोलुखुम्बुमा प्रहरी चौकी कब्जा गर्ने ‘विप्लब’ समूहको प्रयास असफल !

kharibot

सोलुखुम्बु । सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने नेत्र विक्रम चन्द ‘विप्लब’ समूहले गरेको प्रयास असफल भएको छ ।

गएराति सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो ।

मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लबका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत  प्रहरी हतियारसहित बाहिरीसकेकाले कब्जाको रणनीति असफल भएको स्रोतले जनाएको छ ।

कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएका थिए ।

प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।

प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै