विश्व बैंकको वार्षिक सम्मेलन आजबाट

खरीबोट
ad

वासिङ्टन, डिसी ।  विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन शुक्रबारबाट यहाँ शुरु हुने भएको छ । 

नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्नुहुने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए । 

विश्व बैंकको शुक्रबारको प्लेनरी सेसनमा यसका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यो सबैभन्दा महत्वपूर्ण सेसन हो । 

विश्व बैंक र मुद्राकोषले वार्षिक अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास, वित्तीय व्यवस्थापन, सरकारको खर्च प्रक्रिया, मानवीय स्वभावका परिवर्तन, स्वास्थ्य शिक्षा, सुशासन र दिगो आर्थिक क्रियाकलापको विषयमा विश्वभरका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको समेत सहभागितामा विभिन्न छलफल कार्यक्रम आयोजना गर्दछ । 

यस सम्मेलनमा डिजिटल अर्थतन्त्र, प्राकृतिक विपत्तिपछिको आर्थिक समुन्नति, एशिया, युरोप र अन्य देशको सडक सञ्जाल, प्रविधि र प्रशासनको सहभागितालगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । महिलाको व्यवसायमा सहभागिता, बालबालिकाको अवस्था, शिक्षाको पहुँचलगायतको विषयमा छलफल हुनेछ । 

सम्मेलनमा भाग लिन नेपालबाट गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थसचिव डा शान्तकुमार सुवेदी, सहसचिव वैकुण्ठ अर्याल, राष्ट्र बैंकका निर्देशक नरबहादुर थापालगायतको टोली अमेरिका आएका छन् । 

सम्बन्धित समाचार

विश्व बैंकको एक अर्ब ६४ करोड ऋण सहयोग 

काठमाडौँ। एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार परियोजना कार्यान्वयन गर्न विश्व बैंकले नेपाल सरकारलाई रु एक अर्ब ६४ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त बैंकका

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ : अर्थमन्त्री खतिवडा 

काठमाडौँ। विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।  सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश

विश्व बैंकले सहायता रकममा दोब्बर वृद्धि गर्ने

काठमाडौँ । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट शनिबार

समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन विश्व बैंकको १० अर्ब ऋण सहयोग

काठमाडौँ।  सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।  नेपालको विकासमा बैंकको साझेदारी एवं