• २०८१ बैशाख ४ मंगलबार

ग्रीजम्यानको सट्टा नेइमारलाई ल्याउने मेसीको चाहना !

kharibot

काठमाडौँ । यस सिजनका सबै जसो प्रतियोगिता सकिए पछि अब विश्व फुटबल बजारमा खेलाडीको ट्रान्सफरले फुटबल प्रेमीको कौतुहलता बढाएको छ ।

बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, पिएसजी जस्ता ठुला क्लबले विश्वका उदियमान र स्थापित खेलाडीलाई भित्राउने पहल गरिरहेका छन् ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार फ्रान्सका फुटबलर एन्टोनी ग्रीजम्यानको बार्सिलोना जाने प्रक्रियामा नेइमार बाधक बनेको बताइएको छ । स्पेनिस मिडिया आरएमसी स्पोर्ट्सका अनुसार लियोनेल मेसीले ग्रीजम्यानको सट्टा नेइमारलाई बार्सिलोना भित्राउन बार्सिलोनाको व्यवस्थापनलाई अनुरोध गरेको उल्लेख गरेको छ ।

ग्रीजम्यानले अब एथलेटिकोबाट नखेल्ने घोषणा गरिसकेको अवस्थामा ग्रीजम्यानलाई साइन गर्न बार्सिलोनाले ढिला गर्नुको यस्तो खुलासा भएको हो ।

अहिले ग्रीजम्यानको विषयमा बार्सिलोना र एथलेटिको नेगोसियसनको अवस्थामा नै रहेको बताइएको छ । कोपाका लागि अर्जेन्टिनी टिमसँग जानु अघि मेसीले बर्सिलोनाको उच्च व्यवस्थापनसँग भेटेर नेइमारलाई नै भित्र्याउने पहल गर्न अनुरोध गरेको बताइएको छ ।

साथै बार्सिलोना र एथलेटिकोको सम्बन्ध राम्रो नहुनुले पनि ग्रीजम्यानको विषय टुंगाउन समस्या बह्येको मिडिया रिपोर्टमा बताइएको छ । एथलेटिकोले क्लबसँग सम्झौता रहेकै बेला बार्सिलोनाले नियम विपरित ग्रीजम्यानसँग ट्रान्सफर बारे छलफल गरेको भन्दै यसको कानुनी उपचार खोज्ने धम्की केहि दिन अघि दिएर ग्रीजम्यानको बार्सिलोना यात्रामा अवरोध गर्न खोजेको थियो ।

जे कारण भएपनि ग्रीजम्यानको विषय जुलाई एक अघि नै टुंगाउन बार्सिलोना लागिपरेको बताइएको छ । अन्यथा हाल एथलेटिकोसँग १२० मिलियन युरोको रिलिज क्लजको सम्झौता रहेका ग्रीजम्यानको जुलाई १ देखि रिलिज क्लज २ सय मिलियन युरो हुने र त्यसपछि सम्झौता गर्न गाह्रो हुने बताइएको छ ।         
                                                               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै