• २०८१ बैशाख ८ शनिबार

मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सम्पन्न

kharibot

काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ ।

बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको हो । 

मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले मुख्यमन्त्री पौडेलको अवस्था सामान्य रहेको छ । चिकित्सकको सल्लाहअनुसार एक साता आराम गर्नुपर्ने उनले जानकारी दिए । 

मुख्यमन्त्री पौडेलले केही समयपहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीन भ्रमणमा जाँदा गरेको स्वास्थ्य जाँचमा मुटुमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै