• २०८१ बैशाख ८ शनिबार

पोर्चुगलमा सडक दुर्घटनामा नेपालीको मृत्यु

kharibot

पोर्चुगल । युरोपेली देश पोर्चुगल आएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९:३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो ।

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।

शर्मा  एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहनुभएका उनका दाजु अमृतले जानकारी दिए । उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले  जनाएको छ । “दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । 

मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी हुनुहुन्छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै