काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ ।
यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९ सदस्यीय प्राविधिक टिमले छनौट गरेको युइएफएले जानकारी दिएको छ ।
युइएफएले जारी गरेको यस सिजनको उत्कृष्ट १० गोलको सूचीमा रोनाल्डोले गरेको गोल एक नम्बरमा परेको हो ।
त्यस्तै लियोनेल मेसीले लिभरपुलविरुद्ध फ्री-किकमा गरेको गोल यस सिजन को१ दोस्रो उत्कृष्ट गोल बनेको छ भने लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको गोल सिजनको तेस्रो उत्कृष्ट गोल बनेको छ ।
यस सुचिमा बार्सिलोनाका ५ खेलाडीको गोल टप १० मा परेको छ । जसमा मेसी सहित लुइस स्वरेज, उसमान डेम्बेले, फिलिप कोटिन्हो र इभान राकिटिकले गरेको गोल रहेका छन् ।
टप १० गोल :
१. क्रिस्टियानो रोनाल्डो (युभेन्टस भर्सेज म्यानचेस्टर युनाइटेड) -समुह चरण
२. लियोनेल मेसी (बार्सिलोना भर्सेज लिभरपुल) - सेमिफाइनल पहिलो लिग
३. साडियो माने (लिभरपुल भर्सेज बायर्न म्युनिख) – राउण्ड १६ को दोस्रो लिग
४. इभान राकिटिक (बार्सिलोना भर्सेज टोटनह्याम) – समुह चरण
५. लेरोय साने ( म्यान्चेस्टर सिटी भर्सेज होफेनहेम) – समुह चरण
६. किलीयन एम्बाप्पे ( पिएसजी भर्सेज म्यानचेस्टर युनाइटेड) -राउण्ड १६ को पहिलो लिग
७. रहिम स्टरलिङ ( म्यानचेस्टर सिटी भर्सेज शख्तर डोनेटस्क ) समुह चरण
८. ओसमान डेम्बेले ( बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ) क्वाटरफाइनल दोस्रो लिग
९. फिलिप कोटीन्हो (बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ) क्वाटरफाइनल दोस्रो लिग
१०. लुइस स्वरेज (बार्सिलोना भर्सेज लिभरपुल) सेमिफाइनल पहिलो लिग
???? Top 10 #UCL goals of 2018/19 ????
The UEFA Technical Observers have chosen the top 10 goals of the UEFA Champions League season...
⚽️ Your favourite strike?— #UCLfinal (@ChampionsLeague) June 3, 2019