• २०८१ बैशाख ४ मंगलबार

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ ।

यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९ सदस्यीय प्राविधिक टिमले छनौट गरेको युइएफएले जानकारी दिएको छ ।      

युइएफएले जारी गरेको यस सिजनको उत्कृष्ट १० गोलको सूचीमा रोनाल्डोले गरेको गोल एक नम्बरमा परेको हो ।

त्यस्तै लियोनेल मेसीले लिभरपुलविरुद्ध फ्री-किकमा गरेको गोल यस सिजन को१ दोस्रो उत्कृष्ट गोल बनेको छ भने लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको गोल सिजनको तेस्रो उत्कृष्ट गोल बनेको छ ।

यस सुचिमा बार्सिलोनाका ५ खेलाडीको गोल टप १० मा परेको छ । जसमा मेसी सहित लुइस स्वरेज, उसमान डेम्बेले, फिलिप कोटिन्हो र इभान राकिटिकले गरेको गोल रहेका छन् ।

टप १० गोल :

१.    क्रिस्टियानो रोनाल्डो (युभेन्टस भर्सेज म्यानचेस्टर युनाइटेड) -समुह चरण 
२.    लियोनेल मेसी (बार्सिलोना भर्सेज लिभरपुल) - सेमिफाइनल पहिलो लिग 
३.    साडियो माने (लिभरपुल भर्सेज बायर्न म्युनिख) – राउण्ड १६ को  दोस्रो लिग
४.    इभान राकिटिक (बार्सिलोना भर्सेज टोटनह्याम) – समुह चरण
५.    लेरोय साने ( म्यान्चेस्टर सिटी भर्सेज होफेनहेम) – समुह चरण 
६.    किलीयन एम्बाप्पे ( पिएसजी भर्सेज म्यानचेस्टर युनाइटेड) -राउण्ड १६ को पहिलो लिग 
७.    रहिम स्टरलिङ ( म्यानचेस्टर सिटी भर्सेज शख्तर डोनेटस्क ) समुह चरण 
८.    ओसमान डेम्बेले ( बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ) क्वाटरफाइनल दोस्रो लिग 
९.    फिलिप कोटीन्हो (बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड ) क्वाटरफाइनल दोस्रो लिग
१०.    लुइस स्वरेज (बार्सिलोना भर्सेज लिभरपुल) सेमिफाइनल पहिलो लिग 

 

टप १० गोलको भिडियो हेर्न यँहा क्लिक गर्नुहोस् 

 

 

 

 

???? Top 10 #UCL goals of 2018/19 ????

The UEFA Technical Observers have chosen the top 10 goals of the UEFA Champions League season...

⚽️ Your favourite strike?

— #UCLfinal (@ChampionsLeague) June 3, 2019

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै