• २०८१ बैशाख ७ शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२ जेष्ठ २४ गतेबाट

kharibot

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १० दसमलव ५० प्रतिशतका दरले प्रत्येक छ, छ महिनामा ब्याजको भुक्तानी गर्ने गरी दुई अर्ब रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२” ऋणपत्र निष्काशन गर्ने भएको छ ।

यही जेष्ठ २४ गतेबाट निष्काशन गर्न लागेको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । सो ऋणपत्रलाई एनआईबिएल  बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितोस्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । 

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीकोरुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो ।  यसअघि पनिरु ७५ करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८” र रु ५० करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७” लगायत अन्य निष्काशनहरु पनि गरेको थियो जुनबजारमा सफल हुनगएको थियो, बैंकले भनेको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँका दरले २० लाख कित्ता मध्ये आठ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ र सो मध्ये  पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदनदिन सक्नेछन । यसैगरी संस्थागत लगानीकर्ताहरुले प्राईभेट प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछ । 

सातबर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।   हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथाउपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय, एक सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै