काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका हुन् ।
मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ। मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।
मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलको सोमबार मुटुको शल्यक्रिया गरिएको थियो ।