• २०८१ बैशाख ८ शनिबार

दक्षिण अफ्रिकाको संकट बढ्यो, डेल स्टेन विश्वकप खेल्न नसक्ने   

kharibot

काठमाडौँ । दक्षिण अफ्रिका तिब्र गतिका बलर डेल स्टेन जारी विश्वकपबाट बाहिरिएका छन् ।

इन्जुरीका कारण पहिलो खेल देखि नै खेल्न नसकेका स्टेन अन्तत: विश्वकप खेल्न नसक्ने भएका हुन् ।

स्टेनको सन् २०१६ मा काँधको अप्रेशन भएकोमा अहिले फेरी सोहि समस्या दोहोरिएको बताइएको छ । स्टेन दक्षिण अफ्रीकाका लागि सर्वाधिक धेरै विकेट लिने पाँचौ बलर हुन् । उनले एक्दिवैस्य क्रिकेटमा अहिलेसम्म दक्षिण अफ्रिकाबाट १२५ खेल खेल्दै १९६ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डका अनुसार स्टेनको ठाउमा बेउरान हेन्ड्रीकले विश्वकप खेल्ने छन् । उनले गत जनवरीमा मात्र दक्षिण अफ्रिकाबाट एकदिवसीय खेलमा डेभ्यु गरेका थिए । उनले अहिलेसम्म खेलेका २ खेलमा एक विकेट मात्र लिएका छन् तर टी-२० खेलमा भने उनले १६ विकेट लिएका छन् । 

यस विश्वकपमा दुई खेल खेलिसकेको दक्षिण अफ्रीकाले दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा आयोजक इङल्याण्ड र दोस्रो खेलमा बंगलादेशसँग पराजित बह्येको दक्षिण अफ्रिका तेस्री खेलमा बुधबार भारतसँग खेल्दै छ ।             
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै