• २०८१ बैशाख १३ बिहीबार

‘वण्डर किड’ लुका जोभिकको रियल म्याड्रिडसँग ६ बर्षको सम्झौता  

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले आउदो सिजनका लागि पहिलो नयाँ खेलाडी भित्राएको छ ।

रियलले जर्मनी क्लब इनट्राचट फ्र्यांकफर्टबाट खेल्ने सर्बियाका ‘वण्डर किड’ को उपाधि पाएका खेलाडी लुका जोभिकलाई भित्रयाएको हो ।

यसअघि नै जोभिकलाई भित्रयाउने निधो भएपनि आज रियल म्याड्रिडले आधिकारिक जानकारी दिदै जोभिकले रियल म्याड्रिडसँग ६ बर्षको सम्झौता गरेको बताएको हो । जोभिकको मेडिकल प्रक्रिया भने बाँकी नै रहेको रियलले जनाएको छ ।        

२१ बर्षिय जोभिकलाई रियलले करिब ७८ मिलियन डलरमा साइन गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । 

जोभिकले फ्र्यांकफर्टका लागि यस सिजनमा २७ गोल गरेका छन् । सर्बियाका वण्डर किडको उपाधि पाएका जोभिक जिनेदिन जिदानको रियल म्याड्रिड टिम पुनर्निर्माणको पहिलो रोजाईमा परेका हुन् । रियल म्याड्रिडले जोभिकलाई करिम बेन्जमाको सट्टामा क्लबमा भित्राएको बताइएको छ ।

दुई बर्ष अघि नै बेनिफिकाबाट लोनमा फ्र्यांकफर्ट आएका जोभिकले गत अप्रिलमा मात्र फ्र्यांकफर्टका लागि पर्मानेन्ट ट्रान्सफर प्रक्रिया पुरा गरेका थिए ।

उनको प्रदर्शनको मद्धतले नै फ्र्यांकफर्ट युरोपा लिगको सेमिफाइनलसम्म पुगेको थियो । युरोपा लिगका १४ खेलमा १० गोल गरेका जोभिक युरोप लिगको टिम अफ द सिजनमा समेत परेका छन् ।  

गत बर्ष क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि संकटमा परेको रियल म्याड्रिडले यस सिजनमा खराब प्रदर्शन गरेको थियो । यस बीचमा दुई प्रशिक्षकलाई बर्खास्त गरेको रियलले फेरी जिदानलाई भित्राएर क्लबलाई फेरी सफलता दिलाउन लागि परेको छ । 

रियलले यस सिजनमा इडेन हजार्डलाई भित्राउने लगभग निश्चित भएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै