• २०८१ बैशाख ६ बिहीबार

एक्सन स्टार निखिलको ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ ।  एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' ।

सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश 'यता पनि छैन उता पनि छैन' बोलको गीत सार्वजनिक गरिएको छ । 

लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पालीले अभिनय गरेको गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि 'रुद्र' फिल्ममा एकसाथ काम गरेका थिए । 

कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले सार्वजनिक गीतमा निकै कष्टसँग नृत्य गरेको सुनाए । नायिका साराले निखिल उप्रेतीसँग दोस्रो पटक काम गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । 

यस्तै, फिल्मका निर्देशक हिमाल केसीले ‘पिंजडा व्याक अगेन’ एक दशक अगाडि प्रदर्शनमा आएको 'पिंजडा'को सिक्वेल नभएको बताए । उनले भने, 'विल्कुलै नयाँ कथावस्तुमा ‘पिंजडा व्याक अगेन’ निर्माण गरेका छौं । 'पिंजडा'सँग यो फिल्मको कुनैपनि कनेक्सन छैन । एक्सनमा हामीले केही नयाँ प्रयोग गर्ने प्रयास गरेका छौं ।' 

यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । 


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै