'सिकाइ शैली अनुसारको शिक्षणले बढाउछ शैक्षिक उपलब्धि'

खरीबोट

सिकाईको उत्तेजना र प्रतिक्रिया प्राप्त गर्ने विस्वसनिय तरिका सिकाई शैली हो।यो एउटा यस्तो शैक्षिक अवस्था हो जसमा रहेर बिद्यार्थीले सबैभन्दा आनन्दले सिक्छ । ब्यक्तिले सिकाइका लागि प्रयोग गर्ने बिधिलाई सिकाई शैली भनिन्छ।यो ज्ञान प्राप्तिको अभ्यस्त र भिन्न सिकारुको रुचिको ढाचा हो । यो प्रतिस्पर्धा र प्रतियोगीको सिद्धान्तको विस्तारको शृङ्खला हो जसको उद्देश्य ब्यक्तिको सिकाइको लागि भिन्नता जिम्मेवार हुन्छ भन्ने हुन्छ । प्रत्येक बालबालिकाहरुको सिकाइ शैली फरक फरक हुनसक्छ । बालक स्वयं तथा शिक्षकले उनीहरुको सिकाइ शैलीको पहिचान र वर्गीकरण गरुन र सोही अनुसारको शिक्षण शैलीको प्रयोग सिकाइमा होस भन्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।

लेखक बुद्धिसागरले लेखाइको सिपका लागि लेख्दै मेटदै,पुनःलेख्दै,पुनः सम्पादन गर्दै सिकिन्छ भनेका छ्न भने मुराकामीले हिड्दै जादा सिर्जना फुर्छ भनेका छ्न । त्यस्तै पाउलो कोएलोले परिस्थितिले सिर्जना फुराउछ भनेका छ्न । यसबाट सिक्ने शैली आ-आफ्नो हुन्छ भन्न सकिन्छ । 

बेन्जामिन फाङ्क्लिन बालकको सिक्ने शैली र प्रभावको बारेमा यसो भन्छ्न--"शिक्षकले भन्छ बालकले बिर्सन्छ,पढाउछ -सम्झन्छ र जब समावेश गरिन्छ सिक्छ ।" त्यस्तै कन्फुसियसका अनुसार "सुन्छ-बिर्सन्छ,हेर्छ-- सम्झन्छ र गर्छ- बुझ्छ/सिक्छ ।" इग्नासियो स्ट्राकाले जोड दिदै भनेका छ्न--"यदि बालकले शिक्षण ढाचाबाट सिकेन भने सिकारुको सिकाइको ढाचाबाट सिकाउनु पर्छ । "प्रत्येक सिकारुको आ-आफ्नै सिकाइ ढाचा र संरचना हुन्छ । बालकले बाताबरणको अबलोकन, बस्तुहरुको म्यानुपुलेटिङ, अनुकुलन, तर्क निर्माण, परिकल्पना परिक्षण र निष्कर्ष निकाली नयाँ ज्ञानको निर्माण गर्दछ । भिगोत्स्किले "स्वयं बालकको बिगतका अनुभव र ज्ञानहरुको आधारमा नया अनुभाव निर्माण गर्दछ, उक्त अनुभव, सामाजिक अन्तक्रिर्या र भाषाको साझेदारीबाट सार निकाल्दै, प्रश्न गर्दै, स्पष्ट पार्दै, अनुमान गर्दै मानवीय क्षमता विकासका चरणहरु पूरा गरि ज्ञान र सीप हासिल गर्दछ "भनेका छन ।

इरेन ग्रुबेलले भनेका छन- "जब तिमी धेरै यान्त्रिक हुन्छौ बिद्यार्थीले तिम्रो बाजा बजाउछ्न त्यसैले म जहिले पनि फरक सिकाइ नमूनाको प्रयोगको कोशिश गर्दछु जुन सुनेर, देखेर, गरेरजस्ता जीवन सिकाउने शैली हुन सक्छन् ।" यसरी उनले बिद्यार्थीका सिकाइ शैली अनुसार शिक्षण गर्नु भन्ने स्पष्ट सङ्केत गरेका छन् ।

सिकारुका सिकाइ शैलीका प्रमुख नमूनाहरुमा एउटा डेविल्ट कोल्वको नमूना अनुभवमा आधारित छ । जसमा अनुभवबाट अवलोकन, अवलोकनबाट अवधारणा निर्माण, अवधारणा निर्माणबाट प्रयोगात्मक परिक्षण र पुनः अनुभव निर्माणबाट सिकाइ हुन्छ भनिन्छ ।

उनले समायोजक-प्रयोगात्मक कार्य गर्ने ब्यक्ति, सम्मिलित कर्ता--प्रयोग गर्ने व्यक्ति, बिचलक--परिकल्पनात्मक क्षमता र छलफल गर्ने ब्यक्ती र आगमनात्मक चेत र सिर्जना जस्ता सिकाइका चार शैलीहरु प्रस्ताव गरेका थिए । 

पिटर हनी र एलान मुम्फोर्ड नमूनाको पहिलो चरणमा ब्यबस्थापकिय अनुभव, पुनरावलोकन, निष्कर्ष निकाल्ने र योजना निर्माण गर्ने हुन्छ भने दोस्रो चरणमा कर्मबादी ,बिचारक, सिद्धान्तकार,ब्यवहारबादी जस्ता प्रकृतिका सिकाइ शैली हुन्छन भनी ब्याख्या गरे ।
बाल्टर वुर्के कलेजर्सको नमूनामा दृष्यात्मक, श्रवणात्मक र प्रयोगात्मक पक्षको पहिचान गरि त्यसै अनुरुपको सिकाइको ढाचा बिकास गरेका छन् ।

निल फ्लेमिङ्को VAK /VARK नमूनाले चार सम्वेदक नमूनाहरु प्रस्तुत गरे । ती सिकाइ शैलीहरु दृश्य सिकाइ,श्रवण सिकाइ,भैतिक तथा शारीरिक सिकाइ र सामाजिक सिकाइ रहेका छन् ।

ग्रासा र रिइचम्यानको सिकाइको शैलीमा सहभागी ,प्रतियोगी ,सहयोगी,आश्रीत,अनाश्रीत अलगाव जस्ता तत्वहरु पर्दछन भने NASSP मोडेलमा सज्ञानात्मक ढाचा--प्रत्यक्षिकरण,संगठन,र अबधाराणा भावानात्मक ढाचा--प्रेरणा र ब्याक्तित्व --लिङ्गीय फरकपन, स्वास्थ र पोषण, प्रतिक्रिया, प्रकाश, आवाज र तापक्रम आदि पर्द्छन् ।

कक्षाकोठामा सिकाइका लागि मेरिली स्प्रेन्जरले शिक्षक पनि सिकारु हुन सक्छ र सिकारु पनि शिक्षक हुन सक्छ, उपयुक्त परिस्थिति भयो भने जो पनि सिक्न सक्छ र सिकाइ मनोरञ्जनपूर्ण हुन्छ त्यसलाई मनमोहक बनाउनु पर्छ भन्ने जस्ता तिनवटा मायन्ताको आधार प्रस्तुत गरेका छन् । 

हवन्ड गार्डनर (१९८३) ले बहुवौद्दिकताको नमुनामा बालकले आठ तरिकाले : साङितिक, दृष्यात्मक- क्षेत्रीय ,शाब्दिक - भाषिक, तार्किक - गणितीय, शारीरिक - गतिशील, अन्तरवैयक्तिक, अन्तवैयक्तिक, प्राकृतिक जस्ता बहुवैद्दिक क्षमता बिकास गर्दछ भनेका छन् ।

यी सबै नमूनाको अध्ययनको निष्कर्षमा के भन्न सकिन्छ भने कुन प्रकृतिको ढाचाको शैलीको सिकारु हो पहिचान गरेर वर्गीकरण गर्ने र त्यसैको आधारमा उसको सिकाइ शैली अनुसार सामग्री ,विधि र पद्धतिको छनोट गरि प्रभावकारी शिक्षण गर्दा मात्रै अपेक्षित उपलब्धि हासिल हुने कुरामा शिक्षाविद र शैक्षिक अनुसन्धानकर्ता एकमत देखिन्छन् । सिकारुका लागि कुनै एक, दुई वा बहुशैली उपयुक्त हुन सक्छ भने शिक्षकका लागि भने सबै शैलीको प्रयोगको ज्ञान र सिप हुनु बान्छ्निय हुन्छ । सिकाइ शैली तय भएको हुदैन त्यो त परिस्थिति, उद्देश्य शर्तमा निर्भर गर्दछ । त्यसैले प्रत्येक बालकको पेज-पेज अध्ययन गरि उसको सिकाइ शैली पत्ता लगाएर त्यही अनुसारको सिकाइको बाताबरण निर्माण शिक्षकले गर्नुपर्छ ।

सिकाइका विविध शैलीहरु हुन्छन् । यहाँ सिकाइका प्रमुख आठ शैलीहरुको ब्याख्या गरिएको छ:

१. श्रवण सिकाइ शैली (Auditory learning style ) 

जुन सिकारुहरु सुनेर सिक्न मन पराउछ्न,ध्वनी र संगीत बढी रुचाउछन, पढेर, लेखेर, देखेर भन्दा सुनेर बढी सिक्छन् त्यस्ता सिकारुलाई श्रवण सिकारु भनिन्छ र त्यस्तो शैलीलाई श्रवण सिकाइ शैली भनिन्छ । यस्ता सिकारुहरुले व्याख्यान, चर्चा, भाषण, टेप, रेकर्ड, आदिको माध्यमबाट ज्यादा सिक्छन् । उनिहरु ध्वनि, लय, आरोह, अवरोह, संगीत, पिच, मिटरप्रती ज्यादै संबेदनशील हुन्छन् । उनिहरु दृश्य चित्र भन्दा ध्वनि सोच्दछन् । सोचाईको तह र चरण हुन्छ । उनीहरु भाषिक पकड र मौखिक परिक्षामा अब्बल हुन्छन् । त्यति मात्र होइन ब्यक्तिगत नोट, लय र ध्वनि र संगीतमा पोख्त हुन्छन ।

अनुसन्धानका अनुसार मस्तिष्कको कन्चटको खण्डले श्रवण सिकाइलाई नियंत्रित र निर्देशित गरेको हुन्छ । खासगरी दायाँ कन्चटको खण्ड संगीतको लागि महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्ता सिकारु र शिक्षकले सिकाइका लागि बिशेष गरि यस खण्डको बिकास र प्रयोगको अभ्यास गर्नु गराउनु पर्छ ।

श्रवण सिकारु र शिक्षकलाई आवश्यक सुझाव:

ब्याख्यान,कथा, कबिता, भाषण र गीत संगीतको माध्यमबाट सिकाइ सहजीकरण गर्ने ।
शब्द खेल र छन्दको उपयोग गरि भाषाको अभ्यास गर्ने ।
बिषय र सूचनाहरुलाई स्वर दोहोर्याउन लगाउने ।
अक्षरलाई औलाले देखाई कराएर पढ्ने ।
बिद्यार्थीलाई मौखिक सोध्ने र भाषण गर्ने दिने ।
छलफल, बादबिबाद, ब्याख्या, अन्तरक्रिया भाग लिने ।
बस्तुहरुसँग सम्बन्धित शब्दहरु स्मरण गर्ने ।
टेपरेकर्डर अडियो एवम् समाचार गीत र संगीत भरपुर सुनेर प्रेरणा सूचना र आनन्द लिने ।

२. दृश्यात्मक सिकाइ शैली (Visual learning style) :

यो सबैभन्दा बढी प्रयोग हुने सिकाइ शैली हो । दृश्यहरु मन पराउने, सिनहरु रुचाउने, सुनेर,लेखेर,पढेर भन्दा देखेर बढी सिक्ने सिकारु नै भिजुअल सिकारु हुन र त्यस्तो सिकाइ नै भिजुअल लर्निङ हो भने शैली चाहिँ दृस्यात्मक सिकाइ शैली हो । यो सिकाइ दायाँ मस्तिष्कमा हुन्छ । पछाडिको मस्तिष्कको घुचुक्कको खण्डले दृश्य चित्रलाई ब्यवस्थापन गर्दछ । यसमा तालुको खण्डको पनि भुमिका हुन्छ ।

यस्तो प्रकारको सिकारुलाई नक्शा, चित्र, ग्राफ,भिडियो, फिल्म,दृश्यात्मक पद्धतिबाट सिकाउदा प्रभावकारी हुन्छ । बालकले ज्यामिती, अंकगणित, जीवविज्ञान, भुगोल आदिका बिषयलाई एक्सेल गर्दछ । उनीहरु परिकल्पनात्मक दृश्यचित्र सम्झिने र सुनेको भन्दा देखेको कुरालाई तुरुन्त प्रशोधन गर्ने प्रकृतिको हुन्छन । आखामा आँखा मिलाएर कुरा गर्न रुचाउने र सूचना जानकारीहरुलाई हेरेरै सजिलै मस्तिष्कमा सन्चय गर्दछ्न ।

दृश्य सिकारु र शिक्षकलाई आवश्यक सुझावहरु :

फोटो, चार्ट, डायग्राम, नक्शा, समय रेखा जस्ता दृश्य सामग्री देखाएर शिक्षण गर्ने ।
भिडियो, फिल्म, डकुमेन्ट्री, एनिमेटेड स्टोरी, भिजुअल स्टोरीहरु देखाएर शिक्षण गर्ने । 
भाषाका हिज्जे, शब्दार्थ, ब्याकरण जस्ता कुराको शिक्षण गर्दा दृश्यात्मक रुप शब्दचित्र,वाक्यचित्र,फ्ल्यास कार्डको प्रयोग गर्ने ।
शान्त, सफा र ध्यानस्थ स्थानको लागि छनोट गर्ने ।
मस्तिष्क म्यापिङ,मस्तिष्क मन्थन र भिजुअलाइजीङ्का अभ्यासहरु गर्ने ।
रङ र चित्रले शब्दको प्रतिनिधित्व गराउने ।
पाठको महत्त्वपूर्ण बिषयलाई प्रकाश पार्ने ध्यानाकर्षण गराउने ।
अध्ययन गर्दा अन्डरलाइन गर्ने ।

३. प्रयोगात्मक सिकाइ ( Kinesthetic learning):

खासगरी बालबालिकाको लागि यो सिकाइ शैली ज्यादै प्रयोग हुन्छ । कार्य गर्न मनपराउने,गति रुचाउने, गरेर, छोएर,घुमेर र शारीरिक क्रियाकलापबाट बढी सिक्ने सिकारुलाई किनेस्थेटिक सिकारु र त्यस्तो सिकाइलाइ किनेस्थेटिक सिकाइ भनिन्छ । यस्ता सिकारुहरु हात,शरीर ,स्पर्श र सम्पूर्ण शरीर मार्फत सिक्न मन पराउछ्न।सानो मस्तिष्क र मोटर क्र्टेक्सले शारीरिक गतिलाई संचालन र नियन्त्रण गरीरहेको हुन्छ । यस सिकाइ शैली अन्तर्गत अभ्यास गर्ने,कलाको प्रर्दशन गर्ने,हाउभाउ र कार्यबाट सिक्ने गरेर सिक्ने क्रियाकलापहरु पर्दछ्न । यस्ता सिकारुले सुनेर,देखेर भन्दा शारीरिक गतिविधि, हात खुट्टाको प्रयोग,स्पर्श, बासना र कार्यबाट बढी सिकाई हासिल गर्दछ्न । यस्ता सिकारुहरु पछि गएर नर्स, धावक, संगीतकार, सर्जन, खेलकुद बिज्ञ, खेलाडी,कलाकार, डान्सर,शारीरिक शिक्षा शिक्षक, मेकानिक्स, डकर्मी अभिनेता आदि बन्न सक्छ । वास्तवमा यस्तो सिकाइ वास्तविक जीवनमा बहुत कामयावी हुन्छ ।

प्रयोगात्मक सिकारु र शिक्षकलाई आवश्यक सुझाव :

सकेसम्म कक्षा कोठालाई नै प्रयोगशाला बनाएर गरेर सिक्ने सिकाइलाइ जोड दिने ।
अभ्यास, आराम र प्रयोगलाई प्राथमिकता दिने ।
डुलेर, घुमेर, खेलेर, कुदेर अध्ययन गर्न दिने जस्तो की गणित दौड, हिज्जे दौड, खेल, डान्स आदि ।
लडिबुढी गर्ने,विभिन्न शारीरिक आसनमा सुतेर,उठेर,बसेर अवस्था परिवर्तन गराउने पढ्ने र पढाउने ।
प्रोजेक्ट वर्क,फिल्ड वर्क,सामुदायिक सर्बेक्षण,इन्टन्सिप,साइमल्टेसन,खेल विधि,प्रदर्शन ,प्रयोग ,प्रस्तुतीकरण, डान्स, गायन,अभिनय ,सक्रिय शारीरिक क्रियाकलापबाट सिक्ने सिकाउने ।
ग्राफ, चित्र, नक्सा, चार्ट बनाउने ।
सिर्जनात्मक कार्य गर्न दिने ।

४. शाब्दिक सिकाइ शैली (verbal learning style)

शब्दहरु बोलेर, लेखेर, पढेर बढी सिक्ने सिकारुलाई शाब्दिक सिकारु र यस्तो सिकाइलाई शाब्दिक सिकाइ र शैलीलाई शाब्दिक सिकाइ शैली भनिन्छ । यो कार्य मस्तिष्कको कन्चड र निधारको खण्डसँग बढी सम्बन्धित हुन्छ । यसमा भाषाको प्रयोग र माध्यमबाट सूचनाहरु ग्रहण र सम्पादन गर्न सिकारु अभ्यस्त हुन्छ । उनिहरु सुनाइ, बोलाइ, पढाइ लेखाइ जस्ता भाषिक सीप मार्फत सिक्छ्न । उनीहरुसँग उत्तम खालको स्मरण क्षमता हुन्छ । यस्ता सिकारुहरु फरकफरक भाषाको अध्यनमा रुचि राख्छ्न र पढेर आनन्दित हुन्छ्न । कथा, कविता, नाटक, उपन्यास, लेख लेख्न मन पराउने र लेखेर आनन्दित हुने हुन्छ्न । भाषा बिषयहरु: नेपाली, अङ्ग्रेजी, हिन्दी, उर्दु आदिको सिकाइमा यो शैली अति प्रभावकारी मानिन्छ ।

शाब्दिक सिकारु र शिक्षकलाई आवश्यक सुझाव:

नोट लेख्न र पढ्न लगाउने ।
पढ्न,पुनः पढ्न र लेख्न र पुनः लेख्न लगाई प्रशस्त अभ्यास गराउने ।
नोटको सारांश बनाउने ।
अबधारणा सम्झन शब्द सुची वा वाक्य सुची बनाउन लगाउने ।
प्रयायबाची, अनेकार्थी, उल्टो अर्थ दिने शब्द तथा सम्क्षिप्त शब्दसूची पढ्ने लेख्ने अभ्यास गर्ने सम्झिने ।
ग्राफ,चित्र, नक्शा तथा गणितीय तथ्यांकहरुको समेत भाषिक ब्याख्या तथा विश्लेषण गर्ने ।
लेखेर प्रशस्त अभ्यास गर्ने गराउने । 

५. तार्किक सिकाइ शैली (logical learning style)

तर्क, कारण, जिज्ञासा मन पराउने,प्रमाण बिना बिषयबस्तु नमान्ने र पुष्टिको आधार लिने र सिकाइ ग्रहण गर्ने सिकारुलाई तार्किक सिकारु र त्यस्तो सिकाइ शैलीलाई तार्किक सिकाइ शैली भनिन्छ । हाम्रो तार्किक सोचलाई मस्तिष्कको तालुको खण्डको देब्रे पाटोले नियन्त्रण र निर्देशन गरेको हुन्छ।तार्किक शैली बिकासको लागि यो क्षेत्रलाई सक्रिय गर्नुपर्छ । जिज्ञासा, तर्क र समाधान मानव जीवनकै ज्ञानको प्रक्रियाको एक प्राकृतिक स्वभाव र बिषय पनि हो । यस्ता सिकारुले गणित ,बिज्ञान लगायत सबै बिषयहरु तार्किक तरिकाले सोचेर पढ्ने र बुझ्ने अनि समाधान गर्ने कोशिश फर्दछ्न । साथै माइन्ड म्यापिङ, ब्रन्चिङ ट्री, तार्किक क्रम, कारण र प्रभाव सम्बन्ध जस्ता बिविवि बिधिद्वारा सिकाइ हासिल गरिन्छ । यस्ता सिकारुले तुलनात्मक रुपमा जटिल गणनाहरु गर्नुको साथै चेस, चेकर, बुद्दिचाल, बाघचाल, तासजस्ता गेमहरु खेल्न मन पराउछ्न । त्यही आधारमा उनिहरुको सिकाइ प्रबन्ध मिलाउने कार्य बिधालयले गर्न बान्छ्निय हुन्छ ।

तार्किक सिकारु र शिक्षकलाई आवश्यक सुझाव :

पाठको मुख्य संदेश बुझ्ने र बुझाउने ।
वास्तविक मुख्य सूचनाहरु, तथ्यहरु र तथ्यांकहरुको संगठन गर्ने ।
पाठ र साधनलाई रणनीतिक मस्तिष्क तर्कमा प्रशोधन गर्न लगाउने ।
विशिष्ट उद्देश्यको निर्माण गरि प्रगतिको अभिलेखिकरण गर्न लगाउने ।
कम्प्युटर तथा मोवाइल गेम सुडुको खेली मस्तिष्कलाई कृयाशिल बनाउने ।
समालोचनात्मक सोच, तार्किक सोच, केन्द्रकृत सोच, विकेन्द्रित सोच, मस्तिष्क मन्थन, अन्तरक्रिया, कारणात्मक प्रणालीका सिद्धान्तको ज्ञान र प्रयोगको व्यापक अभ्यास गराउने ।
आगमनात्मक तर्क, निगमनात्मक तर्क, शाब्दिक तर्क, साङ्केतिक तर्क, आत्मिक तर्कवाट बिषयको पुष्टि र पुनर्पुष्टि गर्ने गराउने ।

६. सामाजिक सिकाइ शैली (social learning style )

समुहमा बस्न रुचाउने, साथी सङ्गी बनाउने, समूह समुहको छलफल र अन्तरक्रिया र सामाजिकिकरणबाट बढी मात्रामा सिकाइ हासिल गर्ने सिकारु सामाजिक सिकारु र त्यस्तो सिकाइ शैलीलाइ सामाजिक सिकाइ शैली भनिन्छ । निधारको खण्ड र कंचटको खण्डले धेरै जसो हाम्रो सामाजिक क्रियाकलापलाई संचालन गरेको हुन्छ । बिषय बस्तुमा केन्द्रित हुन समूह निर्माण गरि विचारहरु सिर्जना गर्दछ्न । यस्ता सिकारुहरुले समुदायका मुख्य समस्याहरुमा बढी चासो दिने र समस्या समाधानका उपायहरुमा छलफल गर्ने गर्दछ्न । गाउँ घर र समाजम मिलेर बस्छ्न र एक एर्कोलाई मद्दत गर्छन् ।

सामाजिक सिकारु र शिक्षकलाई आवश्यक सुझाव :

एक आपसमा मिलेर सहयोगात्मक भावनाका साथ सिक्ने सिकाउने ।
सिकाइमा वृद्धि गराउन भूमिका प्रदर्शन ,अन्तरक्रिया र प्रस्तुतीकरणमा जोड दिने ।
सिकाइमा कोओडिनेसन गर्ने ।
भाषिक अन्तरक्रिया कार्यक्रममा भाग लिने ।
सामाजिकिकरण भै समाजका समस्या समाधानमा सरिक गराउने ।
अरुको विवरणको ज्ञान लिन अन्तर्वार्ता,सर्वेक्षण र प्रश्नवलिको प्रयोग गर्ने ।
सामाजिक मेलमिलाप,भाइचारा तथा सामाजिक ब्यवहार सिक्ने सिकाउने ।
सामाजिक उतरदायी र सहानुभूतिको भावना जागृत गराउने ।
बाल क्लब, रेडक्रस, स्काउट, हेल्पिङ ग्रुप जस्ता सामाजिक सस्थामा सहभागी गरेर त्यसको माध्यमबाट सिक्ने सिकाउने ।

७. स्व:केन्द्रित  सिकाइ शैली( Interpersonal learning style)

एक्लै बस्न रुचाउने,स्व-अध्ययन र एक्लै कार्य गरि बढी सिक्ने सिकारु स्व:केन्द्रित सिकारु हो भने त्यस्तो सिकाइ शैलीलाई स्व:केन्द्रित सिकाइ शैली भनिन्छ । यस्तो सिकाइलाई मस्तिष्कको निधारको खण्ड, तालुको खण्ड र लिम्बिक प्रणालीले निर्देशित र नियंत्रित गरेको हुन्छ त्यसैले त्यस क्षेत्र लाई सकृय गराउने क्रियाकलाप गराउनु पर्छ । सिकारुले आफ्नो भावना, चाहना र आकाक्षा अनुसार सिक्ने प्रयत्न गर्दछ्न । उनिहरु के हुन र के गर्न सक्छ्न भनेर सोचिबस्छ्न । यस्ता सिकारुहरु अनाश्रीत भएकाले हरेक दिनको सिकाइको कार्यमा आफै आफूलाई निर्देशित गर्दछन । उनीहरु स्व-ब्यवस्थापन, स्वनिर्णय र स्व-प्रतिकृयामा अब्बल हुन्छ्न । त्यसैले शिक्षकले उनिहरुका यस्ता शैलीलाई मध्यनजर गर्दै ब्याक्तिगत सिकाइ सहजीकरणको कार्य गर्नुपर्छ । 

स्व:केन्द्रित सिकारु र शिक्षकलाई आवश्यक सुझाव :

सिकारुलाई शान्त र सुबिधाजनक ठाउमा अध्ययन गराउने ।
ब्याक्तिगत सिकाइका लक्ष्य निर्धारण गरि नियमित प्रगतिको लेखा राख्ने ।
सिकाइको लग लाई कायम गर्ने ।
अगाडि सिकेको कुरामा प्रतिबिम्बन गर्ने र नया बिषयमा सोच्ने ।
अगाडि सिकेको कुरा र नया कुरा बिच सम्बन्ध पत्तालगाउने र सिक्ने ।
आत्मनिर्देशित कार्य गर्ने ।
इन्ट्रोस्पेक्टिभ र स्वप्रतिकृया क्षमता गर्ने ।
आफ्ना सबल र दुर्वल पक्ष पतालगाउने ।
समय समयमा स्व:मूल्यांकन गर्ने ।

८. प्राकृतिक सिकाइ शैली (Natural learning style)

वास्तवमा सम्पुर्ण कुराको सार तत्व नै प्रकृति हो । बालक प्रकृतिकै सबैभन्दा सुन्दर सिर्जना हो । बालकका सिकाइ शैली पूर्ण रुपले प्राकृतिक हुन्छ्न । राल्फ वाल्डो इमर्शनले भनेका छन--"हामी प्राकृतिक अवलोकन कर्ता हौ र त्यसपछी सिकारु । यो नै हाम्रो प्राकृतिक अवस्था हो ।" प्रकृति नै ज्ञान र बिज्ञानको श्रोत हो । रुसोले त अझ "कितावहरु जलाऊ,पर्खालहरु भत्काऊ र वालकलाई प्रकृतिको काखमा लगेर फ्याक" भनेका छन । यस्ता सिकारुहरु प्रकृतिक बोट्बिरुवा, जनावर चट्टान, पहाड, हिमाल घुम्न र धारणा बनाउन र रमाउन मन पराउछन । उनिहरु प्राकृतिक मनोरम दृश्य, पर्यावरण, जैविक बिबिधता, पारिस्थिथिक प्रणाली र त्यसको सन्तुलनमा आफुलाई आनन्द मान्छ्न र त्यसैबाट सिक्छ्न।बालकको सिकाइ शैली प्राकृतिक हुने हुदा शिक्षकले पुस्तक रुपी बालकको पन्ना पन्नाको अध्ययन गर्नु पर्छ र उसको जो शैली छ त्यही अनुसारको सहजीकरण गर्नुपर्छ ।

प्राकृतिक सिकारु र शिक्षकलाई आवश्यक सुझाव :

प्रकृतिमा भएका कुराहरु बालकलाई नै प्रत्यक्ष अवलोकन ,प्रयोग र परिक्षण गर्न दिने ।
सुन्दर र मनोरम प्रकृतिमा आनन्दित हुने ।
जीवनको आवश्यकता अनुसारको ज्ञान दिने बाताबरणको सिर्जना गर्नु ।
बालकले प्रकृतिक्क अवस्थाले सिक्ने ।
नयाँ पारिस्थितिक प्रणालीको ढाचाको पहिचान गर्ने ।
बनस्पति र जीवजन्तूको पहिचान गरि वर्गीकरण गर्न लगाउने ।
क्षेत्र भ्रमण, अवलोकन तथा तथ्यांकको अभिलेखिकरण जस्ता सिकाइका पद्धतिको प्रयोग गर्न लगाउनु ।
वास्तविक प्राकृतिक जीवन शैली तर्फ बालकलाई बिचरण गराउने ।

यसरी सिकारु स्वयंले आफ्नो सिकाइ शैलीको पहिचान गरेर सोही अनुसार पढ्ने र सिक्ने हो भने पढाई र सिकाइमा सहि बदलाव आउँछ र सफलतातिर उन्मुख हुन मद्दत मिल्छ । शिक्षकले पनि सिकारुकै सिकाइ शैली अनुसारकै सिकाइ सहजीकरण विधि र पद्धतिको अवलम्बन गरि शिक्षण गर्ने हो भने नेपालको मौजुदा सिकाइ उपलब्धिमा उल्लेखनिय वृद्धि हुने हुन्छ । सिकारुले सुनेर, देखेर, गरेर, शाब्दिक, तार्किक, सामाजिक, व्यक्तिक, प्रकृतिक आदि कुन एक तरिका वा एक भन्दा बढी शैलीबाट धेरै सिक्छ त्यही अनुसार शिक्षण गर्नु बान्छनिय हुन्छ । सिकारुका सिकाइ शैली अनुसारका विद्यालय खोलेर शिक्षण गर्ने हो भने त झन आफ्नो रुचि र शैली अनुसारको विद्यालय  छानी छानी खुसीले पढ्न पाउछ्न र उपलब्धि पनि निश्चित नै उच्च हुन्छ ।

यसर्थ सिकारुको सिकाइ शैली पहिचान गरौ र सोही अनुसार शिक्षण गरौ ।

(लेखक प्रकाश पाण्डे सुनपकुवा माबि उर्लाबारी-२ मोरङका शिक्षक हुन् )
 

सम्बन्धित समाचार

बहसमा 'रवि' वाला पत्रकारिताको थ्योरी

काठमाडौँ । कुनै एक संञ्चारगृहमा स्वस्थ्य बिटका लागि रिपोर्टरको खोजी हुँदैछ, त्यहाँ एउटा पत्रकारिता पढेको र अर्को स्वास्थ्य पढेको बिद्यार्थीको प्रतिस्पर्धा भयो भने जागिर कसले पाउला ? आज भन्दा पाँच बर्ष

बालबालिकालाई प्रेम किन सिकाउने ?

मलाई थाहा छ तपाइँले प्रेमलाई साँघुरो घेरामा बुझ्नु हुने छैन् । शारीरिक आशक्तिको रुपमा हेर्नु हुने छैन् । प्रेमको यति साघुरो घेरा पनि हुदैन् । प्रेमको संकुचित र आशक्तिबाट तपाईं

कश्मीरबारे टिप्पणी गर्ने अकाउन्ट बन्द गरेकोमा फेसबुक र ट्वीटरलाई पाकिस्तानको प्रश्न 

पाकिस्तान । गत आइतवार सामाजिक सञ्जालमा कश्मीरको विषयलाई लिएर पोस्ट गर्ने अकाउन्ट स्थगित गरेकोमा पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकसँग सम्पर्क गरेका छन् ।  भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा गत सोमवार सुरक्षा एजेन्सीहरुको

शिक्षा प्रणालीमा पूर्वीय दर्शनको प्रयोग ! 

पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । यी मध्ये भारतीय  र चीनियाँ दर्शन श्रेष्ठ छन् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो


z