• २०८१ बैशाख ६ बिहीबार

प्रदेश १ को संसद बैठक स्थगित, नीति तथा कार्यक्रम विहिवार प्रस्तुत हुने

kharibot

फाइल तस्बीर

विराटनगर । बुधबारका लागि बोलाइएको प्रदेश १ को संसद बैठक स्थगित गरिएको छ ।

बुधबार ३ बजे बोलाइएको संसद बैठकमा आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी थियो । सार्वजनिक विदालाई कारण देखाउँदै नीति तथा कार्यक्रम एक दिन पछि सारिएको हो । नीति तथा कार्याक्रमका लागि बिहीबार ३ बजे संसद बैठक डाकिएको छ । 

संघीय सरकारले मुस्लिम धर्मावलम्बीहरुका पर्व इद उल फित्रका अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले मंगलबार नीति तथा कार्यक्रमलाई पारित गरेसँगै मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुख प्रा.डा. तुम्बाहाङलाई बुझाएका थिए ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सार्वजनिक विदाका कारण सूचना नै जारी गरेर एक दिनका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै