• २०८१ बैशाख १२ बुधबार

रोनाल्डो माथिको बलात्कारको आरोप फिर्ता !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी मोडल काथरीन मायोर्गाले लगाएको बलात्कारका आरोप फिर्ता लिएकी छन् ।

ब्लुमबर्गका अनुसार गत महिना नै रोनाल्डोमाथि लागेको बलात्कारको आरोप बिना सर्त फिर्ता लिइएको उल्लेख गरेको छ । रिपोर्ट अनुसार रोनाल्डो र मोडल काथरिनबीच बाहिर कुनै सम्झौता भएको बारे भन्ने अझै कुनै जानकारी नआएको बताइएको छ ।

यस विषयमा रोनाल्डो र काथरिनका वकिलले भने कुनै प्रतिक्रिया दिन अश्विकार गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।       

गत मार्चमा न्युयोर्क टाइम्सले सम्भावित गिरफ्तारीबाट बच्न रोनाल्डो अमेरिकामा हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन नजाने उल्लेख गरिएको थियो ।

तर रोनाल्डोले भने मोडललाई बलात्कार गरेको आरोप सिधै अस्विकार गरेका थिए । सार्वजनिक रुपमै रोनाल्डोले यो आरोपको खण्डन गरेका थिए । उनले कुनै युवतीलाई जबर्जस्ति गर्ने विषय आफ्नो अहिलेसम्मको विश्वास विपरित भएको बताएका थिए ।

रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले जर्मनी मिडियामार्फत खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै १० बर्षअघिको भनिएको यो प्रकरणमा कानुनी दाउपेच सुरु भएको थियो । यहि प्रकरणमा भेगसको प्रहरीले रोनाल्डोलाई २० दिनको समय दिएर आफ्नो पक्ष राख्न समेत भनेको थियो । 

३४ वर्षीय काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित गत सेप्टेम्बरमा रिपोर्ट फाइल गरेकी थिइन् । रोनाल्डोका वकिलले सन् २००९ मा भेगसमा भएको घटना बलात्कार नभई दुवैको सहमतिमा भएको भन्दै सो कुरालाई रोनाल्डो अस्विकार नगरेको प्रष्ट पारेका छन् । 

साथै सो घटनापछि रोनाल्डो र काथरिनबीच लगभग ४ लाख डलर लिएर यो विषय फेरी नउठाउने गरी सहमति भएको समेत रिपोर्ट आएको थियो । रियल म्याड्रिडबाट युभेन्टस आएपछि लागेको यस आरोप पछि सेयर बजारमा युभेन्टसको १५ प्रतिशत मुल्य घटेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै