• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश ३ लाई पराजित गर्दै आर्मी पिएम कपको फाइनलमा

kharibot

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ लाई ११७ रनले पराजित गरेको छ ।

आर्मीले दिएको ३१० रनको लक्ष्य पाएको प्रदेश ३ ले ५० ओभरमा ९विकेत् गुमाउदै १९२ रन मात्र बनाए पछि खेल ११७ रनले गुमाउन पुगेको हो ।

प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७९ रन बनाए भने ज्ञानेन्द्र मल्लले २९, कप्तान पारस खड्काले १९ तथा अदिल खानले १५ रन बनाए । त्यस्तै नन्दन यादवले अविजित १८ रनको योगदान दिए ।

आर्मीका बलर शाहाब आलमले ३ विकेट लिए भने करण केसीले २ तथा सुशन भारी, रोहित पौडेल र कुशल मल्लले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले बिनोद भण्डारी र राजु रिजालको उत्कृष्ट ब्याटिंगको मद्धतले प्रदेश ३ लाइ ३१० रनको लक्ष्य दिन सफल भएको थियो । आर्मीले ५० ओभरमा ६ विकेट गुमाउदै ३०९ रन बनाएको हो ।

आर्मीका लागि बिनोदले आक्रामक खेल देखाउदै ४२ बलमा अविजित ७५ रन बनाएका थिए । त्यस्तै राजु रिजालले ५१ रनको पारी खेलेका थिए । राजुको प्रतियोगितामा यो तेस्रो अर्धशतक हो भने बिनोदको यो दोस्रो अर्धशतक हो ।

त्यस्तै आर्मीका लागि रोहित पौडेलले ३५ बलमा ४३ रन बनाएका थिए भने हरिबहादुर चौहानले ३८ रन बनाएर आउट भएका थिए । त्यस्तै राजेश पुलामी मगरले २९ र करण केसीले २१ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले पनि आक्रामक ब्याटिंग गर्दै १७ बलमा २६ रन बनाएका थिए ।

प्रदेश ३ का लागि नन्दन यादव र जितेन्द्र सिंह ठकुरीले २-२ विकेट लिएका थिए भने कप्तान पारस खड्का र सोनु देवकोटाले एक एक विकेट लिएका थिए । यस खेलमा प्रदेश ३ का युवा बलर सुर्य तामाङले १० ओभर बलिङ गर्दै ९१ रन दिएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विहिबार नपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै