• २०८१ बैशाख ६ बिहीबार

पेट्रोलको मूल्य घट्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको हो । 

निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । खाना पकाउने ग्यासको मूल्यसमेत यतावत रहेको निगमले जनाएको छ । 

बुधबार मूल्य समायोजन भएसँगै पेट्रोलको मूल्य ११० रुपैयाँ पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै