• २०८१ बैशाख ८ शनिबार

उर्जा क्षेत्रमा नेपाली व्यवसायीहरुबाट मात्रै ९ अर्ब लगानी हुदै

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । उर्जा क्षेत्रमा नेपाली व्यवसायीहरुले मात्रै ९ अर्ब भन्दा बढी रकम लगानी प्रतिवद्धता जनाएका छन् । सरकारले अघि सारेको आर्थिक समृद्धिको नारालाई साथ दिनको लागि नेपाली व्यवसायीहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात् (मंसिर–वैशाख) सम्म उर्जा क्षेत्रमा ९ अर्ब २३ करोड ४७ लाख ९४ हजार ६ सय ९५ रुपैयाँ लगानी प्रतिवद्धता जनाएका हुन् । 

उधोग विभागका अनुसार व्यवसायी मोहन बिक्रम कार्की , ज्ञानेन्द्र कार्की , हिमाल गुरुङ लगायत १७ जना व्यवसायीले सो लगानी गर्ने प्रतिवद्धता देखाएका हुन् । 

इलाममा हाइड्रो स्थापना गर्ने गरी व्यवसायी मोहन बिक्रम कार्कीले  माइ खोला हाइड्रोपावर प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ५५ करोड ५८ लाख ९० हजार ४ सय ८६ रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको छ । हाइड्रोको क्षमता ३ मेगावाट रहेको छ भने १९ जनालाई रोजगारी दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

धादिङको गङ्गाजमुनामा हाइड्रो स्थापना गर्ने गरी अर्का व्यवसायी ज्ञानेन्द्रलाल प्रधाानले आँखु हाइड्रोपावर प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ३० करोड ९६ लाख ४२ हजार ३ सय २३ रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको छ । हाइड्रोको क्षमता ४२.९ मेगावाट रहनेछ  । आयोजनाले ७० जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।

दोलखाको विगुमा हाइड्रो स्थापना गर्ने गरी व्यवसायी हिमाल गुरुङले हिम पर्वत हाइड्रोपवार प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी २९ करोड रुपैयाँ रहेको छ । हाइड्रोको क्षमता २० मेगावाट रहेको छ भने आयोजनाले  ५२ जनालाई रोजगारी दिनेछ । 
म्याग्दीको अन्नपूर्णमा हाइड्रो स्थापना गर्ने गरी व्यवसायी चन्द्र प्रसाद ढकालले हाइड्रो सपोर्ट प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ९५ करोड १३ लाख १० हजार रुपैयाँ लगान िगर्ने लक्ष्य रहेको छ । हाइड्रोको क्षमता ५३.५३९ मेगावाट रहेको छ । आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । 

अपि पावर कम्पनी लिमिटेडले सौर्य उर्जा उत्पादन गर्ने भन्दै अपि पावर कम्पनी लिमिटेड शाखा उद्योग ४ विभागमा दर्ता गराएको छ  । धनुषाको मिथिलामा रहेने अपि पावरको क्षमता १ मेगावाट रहनेछ । कूल पूँजी  १० करोड ९८ लाख ५८ हजार ६ सय १४ रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको छ । आयोजनाले ६ जनालाई रोजगारी दिनेछ । 

नारायण प्रसाद उपाध्यायले ४.९६ मेगावाट क्षमता रहने भन्दै शिखर पावरडेभलपमेण्ट प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ९० करोड ६६ लाख ६० हजार रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको शिखर पावरल बाग्लुङस्थित बडिगाडमा स्थापना गरिनेछ । आयोजनाले  ६६ जनालाई रोजगारी उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

सतिश न्यौपाने, संजिव न्यौपाने, महेन्द्र न्यौपानेले सौर्य उर्जा उत्पादन गर्ने भन्दै अपि पावर कम्पनी लिमिटेड शाखा उद्योग २ विभागमा दर्ता गराएका छन्  । कूल पूँजी ११ करोड १५ लाख २४ हजार २ सय ७० रुपैयाँ रहेको अपि बाराको जीतपुरमा स्थापना गरिनेछ । १ मेगावाट सौर्य विद्युत क्षमता रहेको अपिले ६ जनालाई रोजगारी दिनेछ ।

व्यवसायी गुरु प्रसाद न्यौपानेले ८.५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने भन्दै रिडि हाइडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड शाखा उद्योग १ विभागमा दर्ता गराएका छन् । रुपन्देशी तिलोत्तमा पालिका ६ वडा । कूल पूँजी ६५ करोड ४६ लाख ६२ हजार ५ सय रुपैयाँ रहने रिडि रुपन्देहीको तिलोत्तमामा स्थापना गरिनेछ । आयोजनाले ८ जनालाई रोजगारी दिनेछ । 

अपि पावर कम्पनी लिमिटेडले ४ मेगावाट क्षमता रहेको अपि पावर कम्पनी लिमिटेड शाखा उद्योग ३ विभागमा दर्ता गराएको छ । रौतहट चन्द्रपुर पालिका ५ वडा । कूल पूँजी ३२ करोड १२ लाख ४० हजार २ सय ८४ रुपैयाँ रहेको अपि रौतहटको चन्द्रपुरमा रहेन उल्लेख गरिएको छ । आयोजनाले ६  जनालाई रोजगारी दिनेछ  ।

व्यवसायी आनन्द प्रधान र दिवस भटराईले हाइड्रो स्थापना गर्ने भनि अप्पर रिचेत हाइडोपावर प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी  ३७ करोड ८ लाख ९७ हजार १ सय १८ रुपैयाँ रहेको अप्पर गोर्खामा स्थापना गरिनेछ । २ मेगावाट क्षमता रहेको अप्परले ३८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।

मुक्तिश्री इनर्जी प्रालिले धादिङ आखुँखोलामा हाइड्रो स्थापना गर्ने भन्दै हाइडो प्रालि विभागमा दर्ता गराएको छ । कूल पूँजी ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको मुक्तिश्रीको क्षमता ३८ मेगावाट रहेको छ । आयोजनाले ५८ जनालाई रोजगारी दिनेछ । 

अपि पावर कम्पनी लिमिटेडले हाइड्रो स्थापना गर्ने भन्दै अपि पावर कम्पनी लिमिटेड शाखा उद्योग ५ विभागमा दर्ता गराएको छ । कूल पूँजी २९ करोड ५६ लाख २९ हजार रुपैयाँ रहेको अपि दाचुलाको मार्मीमा स्थापना गर्ने उल्लेख गरिएको छ  । ४० मेगावाट क्षमता रहने अपिले ४० जनालाई रोजगारी दिनेछ  ।

व्यवसायी मित्र बहादुर श्रेष्ठले हाइड्रो स्थापना गर्ने भन्दै गुमुखोला भ्याकुरे हाइडोपवार प्रालि विभागमा दर्ता गराएका छन् । दोलखा कालिञ्चाके पालिका ४ वडा । कूल पूँजी २४ करोड ९१ लाख ९० हजार ७ सय ५ रुपैयाँ रहने गुमुखोला दोलखाको कालिञ्चोकमा स्थापना गर्ने जनाएको छ । ९५० किलोवाट क्षमता रहेको गुमुखोलाले १५ जनालाई रोजगारी दिनेछ । 

व्यवसायी लोकेन्द्र सिंह बडालले हाइड्रो स्थापना गर्ने भन्दै  ओमेगा इनर्जी डेभल्पर प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ९३ करोड रुपैयाँ रहने ओमेगा बझाङको तलकोटमा स्थापना गर्ने जनाएको छ । ११.०५ मेगावाट क्षमता रहेको ओमेगाले ४० जनालाई रोजगारी दिनेछ ।

व्यवसायी नविन कुमार सिंहले सौर्य उर्जा उत्पादन गर्ने भनि इको ग्लोबाल पावर डेभलपमेण्ट प्रालि विभागमा दर्ता गराएका छन् । धनुषा मिथिलामा रहने ग्लोबलको कूल पूँजी ९० करोड २ लाख रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको छ । १० मेगावाट क्षमता रहेको इको आयोजनाले  ४६ जनालाई रोजगारी दिनेछ  ।

व्यवसायी विकाश किरण अधिकारीले हाइड्रो स्थापना गर्ने भन्दै विकाश हाइड्रोपावर कम्पनी प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी ९१ करोड ८० लाख ३९ हजार १ सय ३० रुपैयाँ रहेको विकाश गोर्खाको धार्चेमा स्थापना गरिने उल्लेख गरिएको छ । ४.५५ मेगावाट क्षमता रहेको आयोजनाले ३६ जनालाई रोजगारी दिनेछ । 

उर्जा मेभलपर्स प्रालिले  एशियन हाइड्रोपावर कम्पनी प्रालि विभगाा दर्ता गराएको छ । हाइड्रोको कूल पूँजी १६ करोड ८१ लाख ६१ हजार ९ सय रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको छ । ६.२ मेगावाट रहेको एशियन इलामको माइजोगमाइमा स्थापना गरिने उल्लेख गरिएको छ । आयोजनाले  ५९ जनालाई रोजगार दिनेछ ।

व्यवसायी गोविन्द भटराईले हाइड्रो स्थापना गर्ने भन्दै बन्दीपुर हाइड्रोपावर प्रालि विभागमा दर्ता गराएका छन् । कुल पूँजी ३२ करोड ३२ लाख रुपैयाँ रहेको बन्दीपुर बन्दीपुरमा स्थापना गर्ने उल्लेख छ  । २.७२ मेगावाट क्षमता रहेको आयोजनाले १३ जनालाई रोजगारी दिनेछ । 

व्यवसायी विजय बहादुर राजभण्डारीले हाइड्रो स्थापना गर्ने भन्दै मेवा डेभलपर्स प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी १० करोड ५० लाख रुपैया रहेको सो हाइड्रो ताप्लेजुङको मिक्वाखोलामा स्थापना गरिने जनाइएको छ । ४९ मेगावाट क्षमता रहेको मेवाले १३६ जनालाई रोजगारी दिनेछ  ।

व्यवसायी टेकनाथ आचार्यले हाइड्रो स्थापना गर्ने भन्दै भिजन इनर्जी एण्ड पावर प्रालि विभागमा दर्ता गराएका छन्  । कूल पूँजी ४० करोड रुपैयाँ रहेको भिजन रामेछापको उमाकुण्डामा स्थापना गरिने जनाइएको छ । ५७.५ मेगावाट क्षमता रहेको भिजनले १०० जनालाई रोजगारी दिनेछ । 

यस्तै व्यवसायी विक्रम पाण्डेले हाइड्रो स्थापना गर्ने भन्दै कालिका ईनर्जी प्रालि विभागमा दर्ता गराएका छन् । सिन्धुपाल्चोक बाह्रबिसे ३ । कूल पूँजी १४ करोड ३८ लाख १४ हजार २ सय ६१ रुपैयाँ रहेको कालिका सिन्धुपाल्चोकको बाह्रबिसेमा स्थापना गरिने जनाएको छ । ६२ मेगावाट क्षमता रहेको कालिकाले  ११० जनालाई रोजगारी दिनेछ । 

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न स्वदेशी व्यवसायी मात्र नभएर विदेशी व्यवसायीहरु पनि आर्कषित भएको देखिन्छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज होस् भनेर पछिल्लो समय नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, २०७५ जारी गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै