• २०८१ बैशाख ७ शुक्रबार

रोहित शर्माले तोडे गांगुली र सचिनको यस्तो रेकर्ड !

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रीकाले दिएको २२८ रनको लक्ष्यलाई भारतले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसक्रममा भारतका रोहित शर्माले शतकीय पारी खेल्दै भारतलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । यस क्रममा रोहितले कैयौ रेकर्ड समेत बनाएका छन् । ति रेकर्डका बारेमा यस रिपोर्टमा चर्चा गर्दै छौ ।

रोहितले एकदिवसीय क्रिकेटमा २३ शतक बनाउदै भारतका पुर्वकप्तान सौरभ गांगुली र श्रीलंकाका तिलकरत्ने दिलशानको २२-२२ शतकलाई पछाडी छोडेका छन् ।

त्यस्तै रोहितले अन्तर्राष्ट्रिय क्यारियरमा १२ हजार रन समेत पुरा गरेका छन् । रोहितले एकदिवसीय क्रिकेटमा ८१३२ रन बनाएका छन् भने टेस्ट क्रिकेटमा १५८५ र टी-२० क्रिकेटमा २३३१ रन बनाएका छन् ।

यसका साथै रोहित भारतबाट एकदिवसीय क्रिकेटमा धेरै शतक बनाउने तेस्रो खेलाडी समेत बनेका छन् । भारतबाट एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरले ४९ शतक बनाएका छन् भने वीरत कोहलीले ४१ शतक बनाएका छन् ।

त्यस्तै एकदिवसीय क्रिकेटमा विश्वभर धेरै शतक बनाउने खेलाडीमा भने रोहित नवौ स्थानमा रहेका छन् ।

दक्षिण अफ्रीकाविरुद्ध शतक बनाएसँगै रोहितले सचिन तेन्दुलकरको एक रेकर्डलाई समेत तोडेका छन् । रोहितले रन चेज गर्दा सचिनले बनाएको ८ शतकको रेकर्ड तोड्दै ९ शतक बनाएका छन् । रन चेज गर्दै धेरै शतक बनाउने रेकर्ड भने विराट कोहलीको नाममा छ । कोहलीले रन चेज गर्दा अहिलेसम्म ११ शतक बनाएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै