• २०८१ बैशाख ४ मंगलबार

सबै दलमा भ्रष्टाचारीकै हालीमुहाली, गर्लान् त मतदाताले बहिष्कार ?

kharibot

काठमाडौँ । शहरमा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका वालकृष्ण ढुंगेलको चुनावी रणनीतिको बिगबिगि छ । आफैं उम्मेद्धवार बन्न नपाए पनि ढुंगेल माओवादी केन्द्रका उम्मेद्धवार छान्न कस्सिएका छन । वैठक, भेला छलफल र निर्णयमा ढुंगेलको सक्रियता बढेको चर्चा सामाजिक संजालमा सदृश्य आईरहेका छन । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका भनिएका ढुंगेल पेरिसडाँडाँ दरवारका त सदावहार भान्से छर्दै थिए, अहिले त पासाँगल्हामु दरवारका पनि अतिथि र नेप्थ्यका हर्ताकर्ता भैरहेका खबरहरु छन ।

मनाङका दीपक मनाङे प्रदेश सभाको उम्मेद्धवार सिफारिस भएर माननीय बन्ने लाईनमा विधिवत रुपमा खडा भैसकेका छन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको चुनावी चिन्ह सूर्य चिन्हद्धारा विभुषित गर्दै मनाङेलाई माननीय बनाउने आधा उधी काम सकिएको छ । मंसिरको चुनावपछि मनाङे नयाँ एमाले साँसद भएर जनताको बहुदलीय  जनवाद र एमालेको भौतिक द्धन्दवादको व्याख्याता भएमा कुनै आश्चर्य हने छैन । मनाङेको राप्रपादेखि एमालेकोसम्मको राजनीतिक यात्राको दौरान उनको बिगत कस्तो थियो भन्ने संसारलाई दिनको घाम जत्तिकै छर्लंग नै छ ।

प्रहरी आईजी हुन नपाएर एमालेमा प्रवेश गरेका तत्कालिन प्रहरी डिआईजी नवराज सिलवाल पनि एमालेकै माननीय हुने लाईनमा छन । प्रक्रिया सुरु गरिसक्या छ एमालेले । तत्कालिन डिआईजी सिलवालको कीर्ते कामहरु र मिटर व्याज काण्ड लगायतका प्रकरणहरु मिडियामा छताछुल्ल भैसकेकै हुन् । 

२०५२ सालमा तत्कालिन एमाले पूर्वसाँसद रुकुमका यदु गौतमको घाँटी रेटेर महान जनयुद्ध सुरु गरेका माओवादी र प्रचण्डसँग पार्टी एकता नै गर्नेगरी एमाले निर्णय भई घोषणा नै भएपछि अहिले माओवादीका जनयुद्धकालिन मानताविरोधी हर्कतका प्रतिरक्षक कथित राष्टवादी वाम नेता केपी ओली भैसक्या छन् । महाकाली सन्धी मार्फत भारत भक्तिमा राष्टघातको कीर्तिमानी योगदान गरेका ओली भन्ने गर्छन अचेल एमाले समुन्द्र हो, सबै अटाउछन हृदयश त्रिपाठीदेखि कोमल वली, नवराज सिलवालदेखि दीपक मनाङेहरु सबै सबै । 

एमाले २०४६ को परिवर्तनपछिका करीब २ दर्जन सरकार मध्ये लगभग २० सरकारमा निरन्तर सहभागि छ । कहिले सत्तासहयात्रीका रुपमा कहिले आफै नेतृत्व गरेर । यसवीचमा जति पनि ठूला भ्रष्टाचारका काण्ड भएका छन, ती सबैमा एमालेका मन्त्रीहरु या त नेतृत्वमा छन, या त डिजाइनर वा मतियार । 

केहि समय अघिको एनसेलको कर प्रकरणमा मुछिएका युवा नेता संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी हुन् या चर्चित बुढी गण्डकी चाइनिज कम्पनीलाई दिदा भएको दलगत मिलोमतोका कुरा हुन् खाने र मिल्ने ठाउमा सबै मिलेरै खाएको जगजाहेर नै छ ।

प्रदेस र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा कांग्रेसका नेता खुमबहादुर खड्काको चर्चा पनि उत्तिकै चुलिएको छ । अदालतले भ्रष्ट्रचारी प्रमाणित गरी जेल सजाय पाइसकेका खड्का अहिले कांग्रेसको टिकट वितरण गर्ने शक्तिशाली संयन्त्र संसदीय बोर्डको १७ सदस्य मध्ये एक हुन् । 

अहिले खुमबहादुर खड्कालाई देशको एकमात्र र ठुलो भ्रष्ट्राचारीको रुपमा प्रस्तुत गरेर अरु पानी माथिको ओभानो हुन् खोजेको जस्तो देखिएको छ । खुमबहादुर खड्का चोखो छन् या उनि सहि छन् भनेर यँहा वकालत गर्न खोजिएको हैन तर अहिलेका सबै दलहरु कुनै न कुनै रुपमा भ्रष्ट्रचार र त्यसको वरिपरी रहेकै छन् ति चाहे कांग्रेसका हुन् चाहे एमाले र माओवादीका अधिकाँश सत्तामा गएका नेता मन्त्रीहरु धेरै जसो दूधले नुहाएर फर्केका छैनन् ।

तर निर्वाचनको मुखमा कुनै व्यक्तिमाथि दुष्प्रचारवाजी कथित भ्रष्टाचार विरोधी मिडिया, अधिकारकर्मी र नेताहरुबाट एकोहोरो रुपमा हुनु सुनियोजित देखिएको छ ।

हरेक पट्क सरकार बनाउदा वा पार्टीले लाभका अवसर पाउदा खुमबहादुरलाई भाग छुट्याउने र कांग्रेसमा तेस्रो शक्तिशाली गुटको प्रतिनिधित्व गरिरहेका खड्काको नत कांगेस भित्रै विरोध हुन् सकेको छ नत उनलाई बाहिर राख्न सकेको छ । खुमबहादुर आफैमा पात्र मात्रै दोषी हुन की यो प्रवृत्तिको काँग्रेस नै साँगो पाँगोमा दोषी हो भन्ने पनि संभवतः बहस हुनैपर्ने सवाल हो । 

देशमा २०४६ को परिवर्तनपछिको सबैभन्दा भ्रष्ट सरकारको कप्तानी वा साझेदारी काँग्रेस र एमालेबाटै निरन्तर भैरहेको हो । अनि शान्ति प्रक्रियामा आएपछि माओवादी पनि कुनै न कुनै रुपमा कांग्रेस एमालेकै बाटोमा लागेकै हो ।

राजनीतिलाई स्वच्छ र भ्रष्ट्राचार रहित बनाउनु पर्छ भन्ने आवाज उठिरहेका बेला खुमबहादुर खड्काले टिकट बाड्ने, दिपक मनाङे उम्मेदवार हुने, अनि राष्ट्रियता र देशमा लोकतन्त्रको ठेकेदार आफुलाई ठान्ने विरोधाभास पूर्ण चरित्रलाई जनताले निर्वाचनको माध्यमबाट बहिस्कृत गर्नुपर्ने बेला आएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै