• २०८१ बैशाख ७ शुक्रबार

घाइते नेइमार कोपा अमेरिकाबाट बाहिरिए

kharibot

काठमाडौं । ब्राजिलका फुटबल नेइमार कोपा अमेरिकाबाट बाहिरिएका छन् । विहिबार बिहान कतारविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका नेइमार कोपा अमेरिकाबाट बाहिरिएका हुन् ।

कतारविरुद्धको खेलमा घाइते भएपछि नेइमार खेलको २२औ मिनेटमा मैदान छोडेर बाहिरिएका थिए ।

कोपा अमेरिकाको आयोजक समेत रहेको ब्राजिलको फुटबल फेडेरेशनले घाइते नेइमार कोपा अमेरिका अवधि भर ठिक हुने सम्भावना नभएको भन्दै उनी कोपामा सहभागी नहुने स्पष्ट गरेको छ ।

नेइमारको एन्कलमा इन्जुरी भएको फेडेरेशनले जानकारी दिएको छ । फेडेरेशनले नेइमारको सट्टामा खेलाउने खेलाडीको छिट्टै घोषणा गर्ने समेत बताएको छ ।

घाइते नेइमार मैदानबाट बाहिरिदा रुदै मैदान छोडेको देखिएको थियो भने पछि बेन्चमा समेत उनी रोइरहेको देखिएको थियो ।

हालै मात्र लगातार विवादमा आएपछि उनलाई ब्राजिलको कप्तानबाट हटाइएको थियो ।

ब्राजिलले १४ जुनमा बोलिभियाविरुद्ध कोपा अमेरिकाको खेल सुरु गर्दै छ । समुह ए मा रहेको ब्राजिल, बोलिभियासँगै भेनेजुएला र पेरु रहेका छन् ।                               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै