• २०८१ बैशाख ७ शुक्रबार

दर्ता नगरी चलाइएका इलेक्ट्रिक स्कुटरमाथि कारवाही हुने 

kharibot

काठमाडौं । दर्ता नगरी चलाइएका विद्युतीय (इलेक्ट्रिक) स्कुटरमाथि ट्राफिक प्रहरीले कारवाही गर्ने भएको छ  ।

बिहीबार यातायात व्यवस्था विभागले दर्ता नगरी चल्ने इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार गरे पछि ट्राफिक प्रहरीले कारवाही अग्रने जानकारी दिएको हो । 

यातायात व्यवस्था विभागले नियम अनुसार खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानुन रहेको भन्दै विभागले ट्राफिक कार्यालयलाई पत्राचार गरेको हो ।

यातायात व्यवस्था विभागको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्रचार गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै