• २०८१ बैशाख ७ शुक्रबार

नारायणमानलाई पम्फाको जवाफ : वामगठबन्धन विदेशी इसारामा बनेको होइन

kharibot

भक्तपुर । नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले वामगठबन्धन विदेशीको इसारामा नबनेको बताएकी छिन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार  कार्यक्रममा वामगठबन्धन नेपालका वामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र विदेशीको इसारामा नबनेको बताएकी हुन् ।

सोही क्लबमा केही दिनअघि मात्रै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वाम गठबन्धन भारतको इसारामै बनेको दाबी गर्दै भारतले नै थाहा नपाएको भन्नुको औचित्य नरहेको आरोप लगाएका थिए ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको वाम गठबन्धनमा आबद्ध भएका राजनीति दलहरुले आआफ्नो चुनाव चिह्न लियर चुनावमा जानसक्ने समेत प्रष्ट्याइन् । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचन अघि सरकार नछाड्ने उनको भनाइ छ ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले वामगठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्लाजस्तो नभई छलफल जारी रहेको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताइन् ।

उनले वामपन्थी र प्रजातान्त्रिक शक्ति दुई पक्षमात्र हुने भन्दै अवको निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याएर देशलाई आर्थिक समृद्धि र स्थिर सरकार बन्ने बताइन् ।

आफ्नो पाटीले विगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयमा आवाज उठाउँदै आएको र निर्वाचनपश्चात् दुई तिहाइ मत प्राप्त गरेसँगै त्यसले समेत पूर्णता पाउने बताइन् ।

वर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कूटनीतिक पाटो निर्वाह गरिरहेको समेत उनले दाबी गरिन् । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै