• २०८१ बैशाख ८ शनिबार

म्यानपावर एजेन्ट राखेमा कडा कारवाही गरिने विभागको चेतावनी  

kharibot

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर वा व्यवसायीले एजेन्ट राखेमा कडा कारवाही गर्ने जनाएको छ ।

विभागका महानिर्देशक भीष्म कुमार भूसालले एजेन्ट नराख्ने विषयमा ऐनले नै दिएको अधिकारलाई पुनः एकपटक सूचना जारी गर्दै ७७ वटै जिल्लामा कार्यान्वयनमा लाने तयारी गरेको बताए ।

‘एजेन्ट राख्ने विषयमा म्यानपावर वा व्यवसायीहरुले थाहा पाइन्न भनेर पन्छीने बाटो नहोस् भनेर पूनः सूचना प्रकाशित गरेका हौं,’ उनले भने । 

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाउने तयारी समेत गरेको  विभागले जनाएको छ । 

म्यानपावर तथा व्यवसायीहरुका ऐजन्टले विदेश पठाइदिने भन्दै कामदारहरुको पार्सपोर्ट होल्ड गर्ने तथा बढी रकम लिने गर्दा वैदेशिक रोजगारमा जाने कामदारहरु आर्थिक मारमा पर्ने गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै