• २०८१ बैशाख १३ बिहीबार

एबी डीविलियर्सले विश्वकप खेल्ने प्रयास गरेको खुलासा !

kharibot

काठमाडौँ । जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो खेलमा हार बेहोरेपछि अहिले सन्यास लिएका एबी डीविलियर्स विवादमा परेका छन् ।

लगातार तीन खेलमा हारेपछि डीविलियर्सलाई टिममा ल्याउने माग क्रिकेटप्रेमीले गरेपछि उनले विश्वकप खेल्न पहल गरेको र दक्षिण अफिकाको क्रिकेट बोर्डले मौका नदिएको विषय सार्वजनिक भएको थियो ।

यस विषयलाई स्पष्ट पार्दै दक्षिण अफ्रीकाको क्रिकेट बोर्डले डीविलियर्सको विषयमा आफ्नो पक्ष राखेको छ । दक्षिण अफ्रीकाका राष्ट्रिय चयन प्यानलका संयोजक लिंडा जोंडीले डीविलियर्स देशको सट्टा फ्रेन्चाईज टी-२० लिग रोजेको आरोप लगाएका छन् । साथै उनले डीविलियर्सको विश्वकपमा चयन सिद्धान्तको आधारमा नभएको स्पष्ट पारेका छन् ।

बोर्डले डीविलियर्स विश्वका उत्कृष्ट खेलाडी हुन् तर २०१८ मा बोर्डले उनलाई सन्यास नलिन अनुरोध गरेको बताउदै विश्वकपमा छनौट हुने योग्यता पुरा गर्न पनि श्रीलंका र पाकिस्तानको टुरमा जान अनुरोध गरेको उल्लेख गरको छ । बोर्डले डीविलियर्सले दक्षिण अफ्रीकाको लागि खेल्नुको साटो त्यति बेला बंगलादेश र पाकिस्तानका लिग खेल्न गएको आरोप लागाएको छ ।

त्यस्तै बोर्डले विश्वकपका लागि खेलाडी छनौट गर्ने बेलामा डीविलियर्सले दक्षिण अफ्रीकाका कप्तान फाफ डु प्लेसिस र प्रमुख छनौटकर्ता ओटीस गिब्सनलाई सम्पर्क गरेर विश्वकप खेल्ने इच्छा देखाएको बताएको छ । तर छनौटकर्ताले दक्षिण अफ्रिकी टिममा छनौट हुन न्युनतम मापदण्ड पुरा नगरेको भन्दै छनौट गर्न अस्विकार गरेको बताएको छ ।   

यो विषयले मिडियामा प्राथमिकता पाएपछि डीविलियर्सले आफुले सन्यास तोड्ने विषय अस्विकार गर्दै अहिले विश्वकप खेलिरहेको टिमलाई सपोर्ट गर्ने बेला भएको बताएका छन् ।

गत बर्ष जेठमा सन्यासको घोषणा गरेका डीविलियर्सले दक्षिण अफ्रिकाबाट ११४ टेस्ट क्रिकेट, २२८ एक दिवसीय र ७८ टि-२० क्रिकेट खेलेका छन् ।

उनले ११४ टेस्टका १९१ इनिङमा ८७६५ रन बनाएका छन् भने २२ शतक र ४६ अर्धशतक हानेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च रन २७८ रहेको छ भने औसत ५०.६६ रहेको छ ।

त्यस्तै २२८ एकदिवसीय क्रिकेट खेलेका डिविलीयर्सले ९५७७ रन बनाएका छन् । जसमा २५ शतक र ५३ अर्धशतक सामेल छन् । एकदिवसीय खेलमा उनको उच्च रन १७६ रहेको छ भने औसत ५३.५० रहेको छ ।

त्यस्तै ७८ टि-२० खेलेका डिविलीयर्सले १६७२ रन बनाएका छन् । जसमा १० अर्धशतक सामेल छन् भने उनको उच्च रन ७९ रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै