• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शाहजाद विश्वकपबाट बाहिरिए

kharibot

काठमाडौँ । अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहमद शाहजाद जारी विश्वकपबाट बाहिरिएका छन् ।

अफगानिस्तानका लागि सुरुका दुई खेल खेलेका शाहजाद विश्वकप अघिको पाकिस्तानविरुद्धको अभ्यास खेलका क्रममा घाइते भएपछि रिटायर्ड हर्ट हुदै मैदानबाट बाहिरिएका थिए ।

शाहजादको घुँडामा चोट लागेको बताइएको छ ।

शाहजाद विश्वकपमा पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध शुन्यमा र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ११ रन बनाएर आउट भएका थिए ।

आइसीसीको प्राविधिक कमिटिले शाहजादको सट्टामा १८ बर्षिय इक्राम अली खानलाई विश्वकप खेल्न दिने अनुमति दिएको छ । इक्रमले यस अघि गत मार्चमा

आयरल्याण्डल्याण्डविरुद्धका दुई खेल खेलेको अनुभव रहेको छ ।

अफगानिस्तानले अब शनिबार न्युजील्याण्डविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै