अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शाहजाद विश्वकपबाट बाहिरिए

खरीबोट

काठमाडौँ । अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहमद शाहजाद जारी विश्वकपबाट बाहिरिएका छन् ।

अफगानिस्तानका लागि सुरुका दुई खेल खेलेका शाहजाद विश्वकप अघिको पाकिस्तानविरुद्धको अभ्यास खेलका क्रममा घाइते भएपछि रिटायर्ड हर्ट हुदै मैदानबाट बाहिरिएका थिए ।

शाहजादको घुँडामा चोट लागेको बताइएको छ ।

शाहजाद विश्वकपमा पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध शुन्यमा र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ११ रन बनाएर आउट भएका थिए ।

आइसीसीको प्राविधिक कमिटिले शाहजादको सट्टामा १८ बर्षिय इक्राम अली खानलाई विश्वकप खेल्न दिने अनुमति दिएको छ । इक्रमले यस अघि गत मार्चमा

आयरल्याण्डल्याण्डविरुद्धका दुई खेल खेलेको अनुभव रहेको छ ।

अफगानिस्तानले अब शनिबार न्युजील्याण्डविरुद्ध खेल्दै छ ।

सम्बन्धित समाचार

न्युजील्याण्डविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै पाकिस्तान

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज न्युजील्याण्ड र पाकिस्तान खेल्दै छन् । अहिलेसम्म अपराजित रहेको न्युजील्याण्ड र सेमिफाइनलमा पुग्न संघर्षरत पाकिस्तानको यो खेल दुवै टिमका लागि महत्वपूर्ण देखिएको छ । अहिले

वार्नर र फिन्च बने यस विश्वकपको सफल जोडी

काठमाडौँ । जारी विश्वकपमा अस्ट्रेलियाले आयोजक इङल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसका साथै यस विश्वकपमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलिया पहिलो देश समेत बनेको छ । इङल्याण्डविरुद्ध अस्ट्रेलियाका

इङल्याण्डलाई हराउदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले इङल्याण्डलाई ६४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अस्ट्रेलियाले दिएको २८६ रन पछाएको इङल्याण्ड ४४.४ ओभरमा २२१ रनमा अलआउट भएपछि अस्ट्रेलिया ६४ रनले विजयी

इङल्याण्डको कम्ब्याक, अस्ट्रेलिया २८५ रनमा रोकियो

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले इङल्याण्डलाई २८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको हो । अस्ट्रेलियाका कप्तान एरोन


z