अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शाहजाद विश्वकपबाट बाहिरिए

खरीबोट

काठमाडौँ । अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहमद शाहजाद जारी विश्वकपबाट बाहिरिएका छन् ।

अफगानिस्तानका लागि सुरुका दुई खेल खेलेका शाहजाद विश्वकप अघिको पाकिस्तानविरुद्धको अभ्यास खेलका क्रममा घाइते भएपछि रिटायर्ड हर्ट हुदै मैदानबाट बाहिरिएका थिए ।

शाहजादको घुँडामा चोट लागेको बताइएको छ ।

शाहजाद विश्वकपमा पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध शुन्यमा र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ११ रन बनाएर आउट भएका थिए ।

आइसीसीको प्राविधिक कमिटिले शाहजादको सट्टामा १८ बर्षिय इक्राम अली खानलाई विश्वकप खेल्न दिने अनुमति दिएको छ । इक्रमले यस अघि गत मार्चमा

आयरल्याण्डल्याण्डविरुद्धका दुई खेल खेलेको अनुभव रहेको छ ।

अफगानिस्तानले अब शनिबार न्युजील्याण्डविरुद्ध खेल्दै छ ।

सम्बन्धित समाचार

अपराजित भारतलाई वेस्टइन्डिजले रोक्ला त ?

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र वेस्टइन्डिजबीच खेल हुदै छ । प्रतियोगितामा अपराजित रहेको भारत र विश्वकपमा अहिलेसम्म खराब प्रदर्शन गरेको वेस्टइन्डिजबीचको यो खेल रोमान्चक हुने अनुमान गर्न

जितपछि सेमिफाइनलको बाटोमा पाकिस्तान

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले न्युजील्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो । न्युजील्याण्डले दिएको २३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९.१ ओभरमा ४

न्युजील्याण्डलाई नीशाम र ग्राण्डहोमले सम्हाले, पाकिस्तानले पायो २३८ को लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत न्युजील्याण्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २३७ रन बनाएको हो । सुरुवात अत्यन्त खराब

पाकिस्तानविरुद्ध न्युजील्याण्डले टस जितेर ब्याटिंग गर्दै  

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज न्युजील्याण्ड र पाकिस्तान खेल्दै छन् । बर्षाले गर्दा ढिलो गरी भएको टस न्युजील्याण्ड जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । ढिला शुरु भएपनि ओभर घटाइएको


z