निर्वाचनको सुरक्षा तयारीमा लाग्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

खरीबोट

तस्बिर : रासस

ad

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।  

बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेकोे भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।  

सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गर्छु भने । 

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उनले निर्देशन दिए । 

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो । 

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए । 

प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गरे । 

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रूपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको गृहमन्त्री शर्माले जानकारी दिए । 

राष्ट्रको सेवा गर्ने प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धात्मक विकास प्रहरीमा हुनुपर्नेमा पनि उनले जोड दिए । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ठ भएर सेवा प्रदान गर्न झकझक्याउने धारणा व्यक्त गरे । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनका क्रममा ज्यान गुमाएका २५ प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरे । 

प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए । 

त्यस अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’बाट सम्मान गरिएको थियो । 

सम्बन्धित समाचार

निर्मलाका वास्तविक बलात्कारीलाई लुकाएर सरकारले घट्नाको ढाकछोप गर्यो - काँग्रेस सभापति देउवा  

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारीलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् । शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले

सभापति देउवाले हँसिया हथौडामा मत माग्दै हिँडेर काँग्रेसको गरिमा घटाए : कुलबहादुर गुरुङ

नुवाकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा चितवनमा नेपाली कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडा चिह्नमा मतदान गर्नु नै भुल भएको बताएका छन् ।  सदरमुकाम विदुरमा बिपी विचार राष्ट्रिय समाजको आयोजनामा

एकता हुन नदिने प्रवृति नै अन्तरघात : सभापति देउवा

बाँके। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताए । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’

प्रधानमन्त्रीको नाम करप्रसाद ओली राखौ - काँग्रेस सभापति देउवा 

गुलरिया।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर बढाएर जनतालाई कठिन पारेको बताएका छन् ।  बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले गरेको जिल्ला सम्मेलनको