• २०८१ बैशाख १३ बिहीबार

सनराईज बैंकको प्रमुख कार्यकारीमा निरजकुमार श्रेष्ठ नियुक्त

kharibot

काठमाडौ । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा निरजकुमार श्रेष्ठ नियुक्त भएकाछन् ।

बैंक सञ्चालक समितीको यही जेठ २२ गते बसेको तीन सय १७ औं बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी श्रेष्ठको कार्यकाल आगामी असार २ गतेबाट सुरु हुने छ । उनलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

नेपाली बैंकिङ क्षेत्रको कुशल व्यवस्थापनको रुपमा चिनिदै आएका श्रेष्ठ यसअघि माछापुछ्रे बैकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

उक्त बैकमा कार्यकाल बाँकी रहेकै अवस्थामा श्रेष्ठले राजीनामा दिएका थिए । तत्कालीन एनआईसी बैंकमा पनि श्रेष्ठले उच्च तहमा बसेर निकै लामो समयसम्म काम गरेका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै