• २०८१ बैशाख ६ बिहीबार

साताको सेयर : नेप्से १२ सय ८४ अंकमा, दुई अर्ब ७५ करोडको कारोबार 

kharibot

काठमाडौं । यो साता एक सय ७१ कम्पनीहरुको ३६ हजार दुई सय ७० वटा कारोवार भएकाछन । जसअनुसार ८३ लाख ६६ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार एक सय ५२ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा कम हो । 

गत साता भने एक सय ७२ कम्पनीहरुको ५१ हजार सात सय ७८ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड ३६ लाख ९१ हजार चार सय १३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ३३ करोड १६ लाख सात हजार आठ सय २४ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय ८४ दसमलव ५९ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७३ दसमलव ८९ अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष चार दिन खुल्ला रहेको थियो । जसमध्ये चौथो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोवार कक्ष बन्द रहेको थियो भने बाँकी चारै दिन नेप्से घटेको थियो । 

सोही आधारमा पहिलो दिन बजार परिसुचक १३ दसमलव ७९ अंकले ओरालो लागेर १३ सय पाँच दसमलव ६८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव तीन अंकले ओरालो लागेर दुई सय ७८ दसमलव १२ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसुचक १२ दसमलव ८४ अंकले घटेर १२ सय ९२ दसमलव  ८४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ६४ अंकले घटेर दुई सय ७५ दसमलव ४१ अंकमा झरेको थियो ।

तेस्रो दिन पनि बजार परिसुचक  तीन दसमलव ५६ अंकले ओरालो लागेर १२ सय ८९ दसमलव २८ अंकमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६२ अंकले ओरालो लागेर दुई सय ७४ दसमलव ८६ अंकमा झरेको थियो । साताको चौथो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोवार कक्ष बन्द रहेको थियो ।

साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक चार दसमलव ६९ अंकले घटेर १२ सय ८४ दसमलव ५९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९७ अंकले घटेर दुई सय ७३ दसमलव ८९ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, नेपाल बैंक, प्रभु बैक, आदि परेकाछन भने सेयर कारोवार भएको संख्यामा आधारमा अपरतामाकोशी हाईड्रो पावर, नेपाल बैंक, शिवम सिमेन्ट आदि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै