• २०८१ बैशाख ७ शुक्रबार

सरकारले मुलुकलाई अप्ठेरोतिर धकेल्यो – सभापति देउवा 

kharibot

ललितपुर । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले मुलुकलाई अप्ठेरोतिर धकेलेको आरोप लगाएका छन् ।

लगनखेलमा शुक्रबार कांग्रेसको जागरण अभियानको समापन गर्दै सभापति देउवाले सरकारले एकपछि अर्को हस्तक्षेप गरेको आरोप लगाएका हुन् । 

कांग्रेसको उक्त अभियान मुलुकभर आइतबार सम्पन्न हुने भएपनि ललितपुरमा शनिबार सिठी नःख पर्व भएकाले शुक्रबार नै समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै देउवाले सरकारले प्रजातान्त्रिक अधिकार तथा प्रेस स्वतन्त्रमा हस्तक्षेप गरेको समेत आरोप लगाए । 

‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ ।’

“काँग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भने, “देशभर नै अरु पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काँग्रेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।

नेकपाले मानवअधिकारलाई कमजोर बनाउन खोजेको तर कांग्रेसले यस्तो हुन नदिने उनले बताए । ‘नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको छ’ देउवाले भने ।

यस्तो चुनौतीपुर्ण समयमा सबै कांग्रेसजन एकजुट भएर लाग्न र मिलेर अगाडी बढ्न समेत देउवाले सुझाव दिए ।

काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे ।

काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काङ्ग्रेस सदैव लागिपर्ने बताए । काँग्रेस तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाए ।

ललितपुरमा ०३१ सालदेखि नेकपामा काम गरेका रामकृष्ण हुमागाई देउवाले कांग्रेसमा प्रवेश गराएका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै