• २०८१ बैशाख ८ शनिबार

इडेन हजार्ड रियल म्याड्रिडमा, पाँच बर्षको सम्झौता

kharibot

काठमाडौँ । रियल म्याड्रिडले चेल्सीबाट खेल्ने बेल्जियमका प्लेमेकर इडेन हजार्डलाई भित्र्याएको छ ।

रियलले हजार्डलाई आगामी ५ बर्षका लागि ल्याएको जानकारी दिई मेडिकल पछि आगामी जुन १३ मा रियल म्याड्रिडको स्टेडियममा हजार्डलाई प्रस्तुत गर्ने घोषणा गरेको छ ।

गोलडटकमका अनुसार हजार्डलाई रियल म्याड्रिडले ११२ मिलियन डलर तिरेर ल्याएको हो । २८ बर्षिय हजार्ड अब रियल म्याड्रिडमा सन् २०२४ को जुन ३० सम्म रहने छन् ।

रियलमा हजार्डले प्रति साता ५ लाख ६ हजार डलर पारिश्रमिक पाउने समेत सहमति भएको बताइएको छ ।

हजार्डले चेल्सीका फ्यानहरुलाई एक संदेश दिदै चेल्सी छोड्ने निर्णय अत्यन्त मुस्किल निर्णय भएको भन्दै चेल्सीमा आफुले महत्वपर्ण समय बिताएको बताएका छन् । आफुले चेल्सीका लागि खेल जित्न सबै प्रयास गरेको भन्दै हजार्डले खराब समयमा पनि सपोर्ट गर्ने फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् ।

२८ बर्षिय प्लेमेकर हजार्डले यस अघि धेरै पटक रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउदै आएका छन् । 

सन् २०१२-२०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका हजार्डले अहिलेसम्म चेल्सीका लागि ३५२ खेल खेल्दै ११० गोल गरेका छन् ।

यस सिजनमा हजार्डले प्रिमियर लिगमा ३७ खेल खेल्दै १६ गोल गरेका छन् भने यस सिजनमा चेल्सीका लागि सबै प्रतियोगितामा ५२ खेलमा २१ गोल गरेका छन् ।

चेल्सीमा रहदा हजार्डले २०१४-१५ र २०१६-१७ सिजनको प्रिमियर लिगको उपाधि जितेका छन् भने २०१२-१३ र २०१८-१९ मा युरोपा लिग, २०१७-१८ मा एफए कप तथा २०१४-१५ मा इएफएल कप जितेका छन् ।

त्यस्तै हजार्ड २०१४-१५ मा प्रिमियर लिगका बर्ष खेलाडी बनेका थिए भने २०१३-१३ मा युवा बर्ष खेलाडीको उपाधि जितेका थिए । साथै उनी २०१३-१४, २०१४-१५ र २०१६-१७ मा चेल्सीका बर्ष खेलाडी बनेका थिए ।

योसँगै रियल म्याड्रिडले आउदो सिजनका लागि दुई नयाँ खेलाडी भित्राएको छ । यस अघि जर्मनी क्लब फ्र्यांकफर्टबाट खेल्ने सर्बियाका लोका जोभिकलाई ल्याउने घोषणा रियलले गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै