बार्सिलोनामा तनाव बढेपछि मेसी म्यान्चेस्टर सिटी जाने सोचमा !

खरीबोट
ad

काठमाडौँ ।  अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्ने खबर फेरी तातिएको छ । बेलायतको द सनले आउदो सिजनमा मेसी इङलिश क्लब म्यान्चेस्टर सिटी आउने ठोकुवा गरेको छ । 

द सनले मेसीले पछिल्लो १८ महिना देखि आफ्नो सम्झौता नवीकरण नगरेको उल्लेख गर्दै बार्सिलोनामा विकसित पछिल्लो वातावारणबाट मेसी खुशी नभएको उल्लेख गरेको छ ।
मेसीले क्लब छोड्ने हल्ला पहिल्लै देखि चले पनि आफ्ना सहकर्मी नेइमारले बार्सिलोना छोडेपछि मेसीले पनि बार्सिलोना छोड्ने मन बनाएको उल्लेख गरेको छ । 

सिटीका प्रतिनिधि र मेसीबीच पटक पटक छलफल भएको र सिटीले मेसीलाई ४० मिलियन पाउण्ड साइनिंग एमाउन्ट र प्रतिसत ५ लाख पाउण्ड तलब दिने प्रस्ताव राखेको द सनले उल्लेख गरेको छ ।

नेइमार बार्सिलोनाबाट बाहिरिनु र बार्सिलोनामा नयाँ म्यानेजर इर्नेस्टो भल्भेर्डोलाई नियुक्ति गर्नुमा मेसीले आफ्ना सहकर्मी साथीहरुसँग असहमती जाहेर गरेको बताइएको छ । मेसीले आउदो जुलाईमा विना कुनै ट्रान्सफर शुल्क सिटीमा आउनसक्ने सम्भावना बढेको सनले उल्लेख गरेको छ ।

पछिल्लो पटक स्पेनको कटालोनियामा स्वायत्त राज्यको माग गर्दै बढेको तनावले पनि मेसीलाई बार्सिलोना छोड्ने प्रेरित गरिरहेको बताइएको छ । बार्सिलोना शहरमा बढेको तनावले भोलि अलग्गै राज्य भएमा बार्सिलोना क्लबको भविष्य के हुने भन्ने प्रश्न उठेको भन्दै मेसीले सिटी जाने मन बनाएको उल्लेख गरिएको छ ।

त्यस्तै स्पेनिस मिडियाले पनि मेसी र म्यान्चेस्टर सिटीका प्रतिनिधिबीच पटक पटक छलफल भएको उल्लेख गरेका छन् ।

यता बार्सिलोना क्लबले एजेन्टससमेत रहेका मेसिका पितासँग इमेज अधिकारको सम्झौता गरेर मेसीलाई आफ्नो सम्झौता नवीकरण गर्न दबाब दिएपनि मेसीले सम्झौता नगर्नु रहस्यमय बन्दै गएको छ । 
 

सम्बन्धित समाचार

मेसी बिना ग्वाटेमालाविरुद्ध अर्जेन्टिनाको सहज जित, साइमिओनेका छोराले गरे डेभ्यु गोल 

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई पराजित गरेको छ।  स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाले ग्वाटेमालालाई ३-० गोल अन्तरले पराजित गरेको हो। मेसी नखेलेको खेलमा अर्जेन्टिनाका लागि जियोभानी साइमिओने र गोञ्जालो

रोनाल्डोले रियल छोड्छन् भने कल्पना पनि गरेको थिइन - लियोनेल मेसी 

काठमाडौँ।  बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डो बिना रियल म्याड्रिड कमजोर रहेको बताएका छन्। काटालुनिया रेडियोलाई दिएको एक अन्तर्वार्तामा मेसीले रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब रहेको र यसका खेलाडीहरु पनि

फिफाको बर्ष खेलाडीको अन्तिम तीन जनामा रोनाल्डो, मोड्रीच र सलाह, मेसी परेनन्  

काठमाडौँ ।  फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०१८ को उत्कृष्ट खेलाडीको अन्तिम तीन जनाको सुची सार्वजनिक गरेको छ।  बर्ष खेलाडीको अवार्डका लागि फिफाले यसअघि सार्वजनिक गरेको १० खेलाडीबाट उत्कृष्ट ३ जनामा

ला लिगाको नवआगन्तुक क्लबलाई बार्सिलोनाको गोल वर्षा, मेसीले बनाए रेकर्ड  

काठमाडौँ। स्पेनिस  ला लिगामा बार्सिलोनाले हुएसकामाथि गोल वर्षा गरेको छ। गएराती खेलमा बार्सिलोनाले हुएसकालाई ८-२ को गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाका लागि लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरे