• २०८१ बैशाख १३ बिहीबार

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसी र मार्टिनेजले गरे २-२ गोल 

kharibot

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुवामाथि सहज जित हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुवालाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

कोपा अमेरिका प्रतियोगिता अघि अर्जेन्टिनाले खेलेको यस खेलमा जित हासिल सँगै कोपामा राम्रो प्रदर्शन गर्ने संकेत गरेको छ ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरे भने युवा खेलाडी लौटारो मार्टिनेजले २ गोल गरेका थिए । त्यस्तै रोबेर्टो पेरेयराले एक गोल गरेका थिए । मेसीले खेलको ३७औ र ३८औ मिनेटमा गोल अग्र्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने मार्टिनेजले खेलको ६३औ र ७३औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पेरेयराले खेलको ८१औ मिनेटमा गोल गरेका थिए ।    

त्यस्तै निकारागुवाले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । निकारागुवाका लागि जवान बरेराले गोल गरेका थिए ।

मेसीले यसअघि विश्वकप पछिको अर्जेन्टिना टिममा पुनरागमन गरेको खेलमा भेनेजुएलासँग अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको थियो भने मोरक्कोविरुद्धको खेलमा घाइते भएका मेसी खेलेका थिएनन् । सो खेल अर्जेन्टिनाले १-० ले जितेको थियो ।

ब्राजिलमा हुने कोपा अमेरिकामा समुह बि मा रहेको अर्जेन्टिनाले पहिलो खेल जुन १६ मा कोलम्बियाविरुद्ध खेल्दै छ । समुह बिमा अर्जेन्टिना, कोलम्बियासहित पराग्वे र कतार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै