भारतमा एक नेपालीको हत्या

खरीबोट

भारत । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 

भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।

चन्द भारतमा मजदूरी गर्दै आएका थिए । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए ।

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ ।

घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भारतको आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना, ३९ बेपत्ता

भारत । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् ।  यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो ।

तनहुँमा भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग

भारतले जित्यो अन्डर १९ एशिया कपको उपाधि

काठमाडौं ।  अन्डर १९ एशिया कपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौ पटक उपाधि जितेको हो । भारतले दिएको १०७ रनको लक्ष्य पछाएको

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव

काठमाडौँ । भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक


z