पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

खरीबोट

वासिङ्टन डिसी । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । 

निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । 

अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरुको भनाई छ । अध्ययनको नेतृत्व गरेका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरुमा यसले बढी प्रभावित पारेको बताए ।

उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उनले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिए ।
 

सम्बन्धित समाचार

गौरा पर्व भदौ ६ गते

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ ।  भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका

बेनीमा लाखे नाच : साढे दुई सय वर्षदेखि एउटै मुखौटो

गलेश्वर । करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएको मानिन्छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

काठमाडौँ । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार

बकरिद पर्व सोमबार मनाइदै 

विराटनगर । इस्लाम धर्मावलम्बीको  महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा


z