शिक्षामन्त्री श्रेष्ठलाई कार्यकक्षमा थुनेर विद्यार्थीहरुद्वारा नाराबाजी 

खरीबोट
ad

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई भेट्न नमाने पछि विद्यार्थीहरुले शिक्षामन्त्रीलाई कार्यकक्षमा थुनेर नाराबाजी गरेका छन् ।

विद्यार्थीहरुले करिब २० मिनेट जति कार्यकक्षमा थुनेर नाराबाजी गरेका हुन् । मन्त्रालयमा आफ्नै कार्यकक्षमा रहेका शिक्षा मन्त्रीले विद्यार्थी नेताहरुलाई भेट्ने समय उपलब्ध नगराएपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

विद्यार्थी संगठनहरुले नवौं शिक्षा ऐन तत्काल खारेज गर्नुपर्ने, सिटिभिटीलाई दिएको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखी विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका छन् । 

विहिबार मात्र मन्त्रीका सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस निकट नेविसंघ बाहेकका विभिन्न संगठनलेहरुले मन्त्रीलाई जानकारी गराउन पुगेका थिए । तर, कार्यकक्षमै रहेका मन्त्रीले विद्यार्थी नेताहरूलाई समय नदिएपछि त्यही नारावाजी गर्दै कोणसभा गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनका नेताहरुले नवौं शिक्षा ऐन समग्र विद्यार्थीहरुको प्रतिकुल रहेको भन्दै हिजो राष्ट्रपति विद्या भण्डारीलाई सो ऐन प्रमाणीकरण नगर्न आग्रहसमेत गरेका छन् । 
 

सम्बन्धित समाचार

उमेर हद हटाउन नेपाल विद्यार्थी सङ्घको प्रस्ताव

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्ग्रेसलाई प्रस्ताव गर्ने भएको छ । नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे

विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

नवलपरासी। विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।  विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक

कलेजमा पढ्ने विद्यार्थीहरुका लागि युनाइटेड वोर्ल्ड स्कुल्सको नेतृत्व विकासको अवसर  

काठमाडौँ । युनाइटेड वोर्ल्ड स्कुल्स नेपालले कलेजमा पढ्ने विद्यार्थीहरुका लागि नेतृत्व विकास, क्षमता अभिवृद्धि र ब्यवस्थापकिय सिपको अवसर दिने भएको छ।  युनाइटेड वल्ड स्कुल्स नेपालले स्नातक  वा स्नाकोत्तर अध्ययन गरिरहेका युवाहरुलाई

विद्यार्थीले मनाए गाईजात्रा

काठमाडौं । एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीले आइतबार स्कुलमा गाईजात्रा अन्तर्गतको घिन्तागिसी (लठी जुधाएर खेल्ने एक प्रकारको विशेष नाच) नाच खेलेका छन् । स्कुलको कक्षा ८ का विद्यार्थीको आयोजनामा