तरुणदलका क्षेत्रीय सचिवसहितका कार्यकर्ता नेकपामा प्रवेश

खरीबोट

गोरखा । नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्र्टी छोडेर नेकपा प्रवेश गरेको नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिए ।

पार्टी पवेश गर्नेमा नेपाली काङ्ग्रेस तरुणदलका क्षेत्रयी सचिव रेग्मीसहित क्षेत्रीय सदस्य भक्त ढकाल, काङ्ग्रेस निकट होचा पुड्का सङ्घका केन्द्रीय अध्यक्ष निर्मल मगराती रहेका छन् । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य बस्नेतले माला, खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराए । 

देशमा अब आर्थिक क्रान्तिको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै काङ्ग्रेस पार्टीमा रहनुको कुनै औचित्य नभएकाले नेपाली काङ्ग्रेस परित्याग गरेको तरुण दलका क्षेत्रीय सचिव रेग्मीले बताए ।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले देशले राजनीतिक परिवर्तनको कोर्ष पूरा गरिसकेको भन्दै अब आर्थिक क्रान्तिका लागि सबै तयार हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

सल्लाहकारलाई डा. संग्रौलाको सुझाव : प्रधानमन्त्रीलाई सहि कुरा भन्न चुक्नु भो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा.राजन भट्टराईले देशमा गणतन्त्र र संविधान उल्टाउने खेलमा विदेशी शक्तिहरु सक्रिय भइरहको बताएका छन् । डा.भट्टराईले फेसबुक मार्फत् उनले वर्तमान व्यवस्था उल्टाउन

पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि दुर्भाग्यपूर्ण हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ

वामदेव गौतम नेतृत्वको किसान महासंघले पूर्णता पायो 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपाल किसान महासंघले पूर्णता पाएको छ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको महासंघले पूर्णता पाएको हो । महासंघका संयोजक गौतम र सह–संयोजक क.चित्रबहादुर

नेकपा सचिवालय बैठक : राजनीतिक प्रतिवेदन छिट्टै प्रकाशन गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई


z