तरुणदलका क्षेत्रीय सचिवसहितका कार्यकर्ता नेकपामा प्रवेश

खरीबोट

गोरखा । नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्र्टी छोडेर नेकपा प्रवेश गरेको नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिए ।

पार्टी पवेश गर्नेमा नेपाली काङ्ग्रेस तरुणदलका क्षेत्रयी सचिव रेग्मीसहित क्षेत्रीय सदस्य भक्त ढकाल, काङ्ग्रेस निकट होचा पुड्का सङ्घका केन्द्रीय अध्यक्ष निर्मल मगराती रहेका छन् । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य बस्नेतले माला, खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराए । 

देशमा अब आर्थिक क्रान्तिको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै काङ्ग्रेस पार्टीमा रहनुको कुनै औचित्य नभएकाले नेपाली काङ्ग्रेस परित्याग गरेको तरुण दलका क्षेत्रीय सचिव रेग्मीले बताए ।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले देशले राजनीतिक परिवर्तनको कोर्ष पूरा गरिसकेको भन्दै अब आर्थिक क्रान्तिका लागि सबै तयार हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

माधव नेपालको वरियता खोसियो, झलनाथ अब तेस्रो वरियतामा

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ ।  आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने

नेकपाको आजको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन् । अब

बामदेवको कमब्याक !

काठमाडौँ । भनिन्छ राजनीतिमा असम्भव केहि हुदैन । सत्ताबाट बाहिरिनु र फेरी सत्तामा आउनु राजनीतिकर्मीका लागि नियमित भइरहने घटना जस्तै हुन् । यसै क्रममा सत्तारुढ दल नेकपा भित्रका एक महत्वपूर्ण

नेकपा केन्द्रीय विभागको प्रमुख तोकिए, स्कुल बिभागमा इश्वर पोख्रेल 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको


z