• २०८१ बैशाख १२ बुधबार

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

kharibot

अछाम । माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ ।

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी क्षति पुर्याएको छ । यस्तै घरको बरण्डामा राखेको भे७प ९६९८ नंको

मोटरसाइकलमा आगजनी गरी ५० प्रतिशत क्षति भएको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । बम विष्फोटबाट अन्य मानवीय क्षति भएको छैन् ।
घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ ।

घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बम विष्फोट गराउने समूह वा व्यक्तिको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

घटनास्थलबाट तीन किमी पूर्व कर्णाली नदी पारी दैलेख जिल्ला आठविस नगरपालिका–१ डावमा अपर कर्णाली हाइड्रोपावरको सुरक्षार्थका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बलको बेसक्याम्पसमेत रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै