• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तान १७२ रनमा अलआउट 

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले न्यूजील्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको हो ।

अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए ।

त्यस्तै हजरतुल्लाह जजईले ३४ र नूर अलि जरदानले ३१ रन बनाए । त्यस्तै अफताब आलमले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका रहमत शाह शुन्यमा, कप्तान गुलबदीन नैबले ४, मोहमद नावीले ९, नाजिबुल्लाह जदरानले ४, इक्राम अलिखिलले २ र राशिद खान शुन्य रनमा आउट भएका थिए ।

त्यस्तै हमिद हसनले अविजित ७ रन बनाएका थिए ।

न्युजील्याण्डका बलर जेम्स नीशमले सर्वाधिक ५ विकेट लिएका थिए । नीशमले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर ५ विकेट लिएका थिए ।

त्यस्तै लुकी फर्गुसनले ४ विकेट लिएका थिए भने ग्राण्डहोमले एक विकेट लिएका थिए ।

प्रतियोगितामा न्युजील्याण्डले यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने अफगानिस्तानले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै