• २०८१ बैशाख १३ बिहीबार

चिकित्सा शिक्षामा एकद्वार प्रणाली लागू हुन्छ : शिक्षामन्त्री पोखरेल

kharibot

धनुषा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत चिकित्सा शिक्षामा एकद्वार प्रणाली लागू गर्ने भएको बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रममा आज मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै सङ्घ र प्रदेशमा एउटै मापदण्डअनुसार निर्धाण गरिएको पाठ्यक्रम लागू हुने बताए ।

सङ्घीय शिक्षा नीति सङ्घीय संसद्बाट पारित हुने विश्वास व्यक्त गर्दै उहाँले यस विधेयकअनुसार सिटीइभिटीबाहेक विश्वविद्यालय र प्रतिष्ठानमार्फत दिइने चिकित्सा शिक्षा खारेजी हुने बताए । 

मन्त्री पोखरेलले प्रष्ट पार्दै भने, “विश्वविद्यालय र प्रतिष्ठानको कोर्ष फरकफरक आफू अनुकूल भएको र कसैसँग मेल नखाने भएको हुनाले चिकित्सा शिक्षा आयोगमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको अराजक र मनोमानीलाई नियन्त्रण गरी शिक्षा पद्धति अन्तर्राष्ट्रियकरण गर्न खोजिएको हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै