• २०८१ बैशाख ५ बुधबार

न्युजील्याण्डविरुद्ध राशिदले किन गरेनन् बलिङ ?

kharibot

काठमाडौँ । जारि विश्वकपमा गएराती सम्पन्न खेलमा अफगानिस्तान न्युजील्याण्डसँग पराजित भयो । पहिला ब्याटिंग गरेको अफगानिस्तान १७२ रनमा अलआउट भयो । १७२ रनको लक्ष्य पाएको न्युजील्याण्डले ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

यस खेलमा खेलेका अफगानिस्तानका राशिद खान घाइते भएपछि बलिङ नै गरेनन् । आफ्ना विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजाद बिना खेलेको अफगानिस्तानले राशिद खानको समेत साथ पाएन । आइसीसी वरियतामा तेस्रो नम्बरमा रहेका बलर राशिद खानले यस खेलमा एक ओभर पनि बलिङ गरेनन् ।

न्युजील्याण्डविरुद्ध ब्याटिंग गर्ने क्रममा राशिदको टाउकोमा बल लागे पछि उनले बलिङ नगरेका हुन् । टाउकोमा बल लागेपछि बल स्टम्पमा लाग्यो र उनी आउट पनि भए । टाउकोमा लागेपछि असहज महसुस गरेका राशिदको टेस्ट गरे पछि बलिङ नगर्न सल्लाह दिइएको थियो ।

खासमा खेलको ३४औ ओभरको चौथो बलमा न्युजील्याण्डका लुकी फर्गुसनले फालेको बल राशिदले बाउन्सर सम्झेर झुकेका राशिद बल बाउन्स नभएपछि सिधै उनको टाउकोमा लाग्दै स्टम्पलाई लाग्न पुगेको थियो । यसपछि शुन्यमै आउट भएका राशिदले असहज महसुस गरेका थिए । त्यसपछि टिम व्यवस्थापनले उनलाई बाँकी खेलको लागि मैदान बाहिर नै बस्न सल्लाह दिएपछि उनी मैदानमा गएनन् ।

राशिदको चोट धेरै ठुलो नभएको बताइएको छ भने सतर्कता अपनाउन उनलाई यस खेलमा बलिङ नगराइएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै