• २०८१ बैशाख १४ शुक्रबार

ईक्राद्धारा प्रभु बैंकको ऋणपत्रलाई बिबिबि रेटिङ

kharibot

काठमाडौ । इक्रा नेपाल लिमिटेडले नेपालले प्रभु बैंक लिमिटेडलाई मध्यम क्रेडिट गुणता जनाउने निष्कासनकर्ता रेटिङ्ग बिबिबि प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने समबन्धमा मध्यम मात्रामा सुरक्षीत मानिने इक्राले जानकारी दिएको छ । 

यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । ईक्राका अनुसार उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको जानकारी दिएको छ । 

यसैगरी इक्राले प्रभु बैंक स्वंमले जारी गर्न लागेको एक अर्ब रुपैयाँको १० प्रतिसत प्रभु बैंक ऋणपत्र २०८६ एलबिबिबि रेटिङ प्रदान गरेको छ । ईक्राका अनुसार एलबिबिबि प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । जोखिमको दृष्टीमा यस्ता उपकरणहरु मध्यम क्रेडिट जोखिम भएको मानिन्छन् । 

डेविञ्चर रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन । साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि नभएको इक्राले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै