• २०८१ बैशाख ११ मंगलबार

यौन सन्तुष्टिबारे किन झुट बोल्छन् महिला ? 

kharibot

काठमाडौँ । महिला र पुरुषबीचको सम्बन्ध जब यौन सम्पर्कसम्म पुग्छ, यसको अर्थ दुवैबीच एकअर्काप्रति पूर्ण विश्वास छ भन्ने हुन्छ । तथापि, केही पुरुष भने महिलाले आफूसँग अर्गाजम अथवा चरम आनन्दको बारेमा झूट बोलेको गुनासो गर्दछन् । 

कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ? 

पुरुषको अहम् 

महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन सकछन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् भन्ने महिलालाई थाहा हुन्छ । त्यसैले पुरुषको अहम्मा ठेस नपुगोस् भनेर उनीहरु फेक अर्गाजम गर्छन् । 

अन्योलमा रहनु 

केही महिलाले आफू अर्गाजममा नपुगे पनि अथवा चरमानन्द प्राप्त नगरे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिनुपर्छ । 

मूड नहुनु

महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । यस्तो अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् । 

नर्भस हुनु 

पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् । 

दबाब

कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यस्तो अवस्थामा महिलाले पुरुषको दबाब परेकाले झूटको सहारा लिन्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै