• २०८१ बैशाख ७ शुक्रबार

चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल विजयी 

kharibot

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ । 

पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई बाहेक सबै उम्मेदवार विजयी भएका छन् ।

नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काले २१८ मत ल्याए भने लामिछानेले १६१ मत ल्याएकी थिइन् । 

त्यस्तै उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले २४३ मत ल्याउँदै जित हासिल गरेकी छन् । उनलाई अन्य उम्मेदवारहरु मध्येकै सबैभन्दा धेरै मत झरेको थियो । उपाध्यक्षमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार मनोज केसीले १४२ मत ल्याउदै हार बेहोरे । त्यस्तै महासचिवमा चेत बहादुर सिंहले १८७ मत ल्याएर सञ्जय खतिवडालाई ३१ मतको अन्तरले पराजित गरे । 

यस्तै, सचिव पदमा पनाह अधिकारीले १९४ मत ल्याएर विजयी भइन् । उनले कविता गेलाललाई २५ मतको अन्तरले पराजित गरेकी थिइन् ।

अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, सह-कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले २२० मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी डि.बि बम्जनले १३३ मत पाएका थिए । शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ जना कलाकारले मतदान गरेका थिए ।

त्यस्तै, १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले विजयी हासिल गरे । तीन वर्षका लागि अध्यक्षको कार्यभार सम्हाल्ने खड्काले कलाकार संघलाई कलाकारहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै पराजित सरिताले अध्यक्षमा निर्वाचित भएका खड्कालाई खादा र फूलको बुकेटद्वारा बधाई दिएकी थिईन् । उनले अध्यक्षमा ग्रैह कलाकार नआएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, 'प्रतिस्पर्धामा हार र जित हुन्छ । रविन्द्र दाईले जित्नु भयो, त्यो भनेको सबै कलाकारहरुको जित हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै