• २०८१ बैशाख ८ शनिबार

कलेज भर्नाको 'फेक न्युज' पछि अनन्याले देखाइन प्रमाण पत्र  

kharibot

मुम्बई । बलिवुडमा हालै स्टुडेन्ट अफ द इयर-२ बाट डेभ्यु गरेकी अभिनेत्री अनन्या पाण्डेले आफ्नो पढाईका बारेमा अनेकौ मिडिया रिपोर्ट आउन थालेपछि आफ्नो विश्वविधालयला प्रमाणपत्र सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी छन् ।

मिडियामा केहि दिन देखि उनले कलेजमा लिएको एडमिसन 'फेक' भएको चर्चा हुन थालेपछि उनले आफ्ना प्रमाण पत्र सार्वजनिक गरेकी हुन् । अनन्याको स्कुले साथी बताउने एक युवतीले सामाजिक सञ्जालमा अनन्याले कलेज पढ्दै गरेको भनेर झुट बोलेको आरोप लगाएपछि यो विषय चर्चामा आएको थियो ।

अनन्याले साउथर्न क्यालिफोर्नियाको स्कुल अफ कम्युनिकेसन एण्ड जर्नालिजम मा २०१८ को स्प्रिंग सेमेस्टरमा आफ्नो भर्ना स्वीकार गरेको बताएकी छन् ।

उनले आफुले दुई पटक कलेजमा कम्युनिकेसन विषयमा पढ्ने गरि कलेजले अनुमति दिएको भए पनि दुइ पटक आफुले भर्ना गर्ने मिति सारेको बताएकी छन् । सोहि समयमा आफु फिल्मको सुटिंगमा व्यस्त भएकाले कलेज भर्ना सारेको उल्लेख गरेकी छन् । अनन्याले आफु अहिले फिल्मलाई आफ्नो क्यारियर बनाउने निर्णय गरेकाले कलेज नजाने निर्णय गरेको बताएकी छन् ।

साथै अनन्याले सकारात्मक सोच्न र नकारात्मक विषयलाई फैलाएर सामाजिक संजालको दुरुपयोग नगर्न समेत आग्रह गरेकी छन् ।

स्टुडेन्ट अफ द इयर-२ बक्स अफिसमा त्यति सफल नभए पनि फिल्ममा अनन्याको अभिनयको प्रसंशा गरिएको छ । अनन्याको कार्तिक आर्यन र भूमि पडनेकरसँगको फिल्म पति पत्नी और वो आउदै छ ।
                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै